१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २२ बुधबार
  • Friday, 04 July, 2025
२o७७ पौष २२ बुधबार १५:o६:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कोभिडका बिरामीमा मनोवैज्ञानिक असर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष २२ बुधबार १५:o६:oo

 कोभिड संक्रमणबाट गम्भीर बिरामी परेका मध्ये करिब २० प्रतिशतमा मानसिक समस्या देखिएको यसअघि नै विभिन्न अध्ययनहरूले जनाएका थिए । जुन संख्या बिस्तारै बढ्दै गइरहेको पछिल्ला अध्ययनहरूले देखाइरहेका छन् । 

सामान्यतया संक्रमणको डर र महामारी प्रतिको आम मानिसको बुझाईका कारण अधिकांशले कुनै न कुनै किसिमको मानसिक समस्या झेलिरहेको तथ्यांकले देखाउँछ । तर कोभिड संक्रमितमा पछिल्लो समयमा गम्भीर सायोटिक लक्षण पनि देखिन थालेको चिकित्सकहरूले बताएका छन् । परिवारमा मानसिक समस्यासम्बन्धी इतिहास नै नभएको र पहिले कुनै किसिमको मानसिक समस्याको लक्षण नदेखिएका व्यक्तिमा पनि गम्भीर सायोटिक लक्षणहरू रिपोर्ट गरिएको छ । कोभिड संक्रमणको कारण गम्भीर बिरामी परेका व्यक्तिहरू मानसिक रुपमा बढी प्रभावित हुने भनिए पनि संक्रमणका कारण सामान्य लक्षण देखिएका व्यक्तिमा पनि केही समयको अन्तरालमा गम्भीर शारीरिक, मानसिक समस्या देखिन सक्ने चिकित्सकहरूको अनुमान छ ।

अध्ययनका अनुसार, कोभिड संक्रमण भएका केही प्रतिशतमा संक्रमणको दुई तीन साताको अन्तरालमा गम्भीर मनोवैज्ञानिक असर देखिएको छ । यस्ता व्यक्तिमा ह्यालुसेनेसन अर्थात भ्रमको गम्भीर समस्या देखिन थालेको छ । सुरुमा बेलायतका केही बिरामीमा रिपोर्ट गरिए पनि बिस्तारै संसारभर यस्ता बिरामी देखिन थालेको स्वास्थ्यसम्बन्धी विभिन्न संस्थाहरूको भनाइ छ । चिकित्सकहरूले केही प्रतिशतमा मात्र मानसिक समस्या देखिने अनुमान गरे पनि बिस्तारै कोभिडका बिरामीमा असामान्य व्यवहार र मस्तिष्कमा असर परेकाका केसहरू बढ्न थालेको अमेरिका र स्पेनमा भएको एक अध्ययनले देखाएको छ । 

सामान्यतया कोरोना भाइरस संक्रमणले श्वासप्रश्वासमा समस्या ल्याउने भनिए पनि लामो समयसम्म अस्पताल भर्ना गरिएका बिरामीमा न्युरोलोजिकल, मस्तिष्क, फोक्सो, मुटु, रक्त सन्चारमा पनि समस्या देखिन थालेको छ । कतिपयमा यस्ता लक्षणहरू सामान्य रुपमा देखिए पनि केहीको भने दैनिक क्रियाकलापमा नै असर पारेको भेटिएको छ । मस्तिष्कमा पर्ने असर र शरीरका अंगहरू सुन्निने समस्या कोभिड र शरीरको इम्युनिटीसँग प्रत्यक्ष सम्बन्धित हुने विज्ञहरूको भनाइ छ । न्युरोलोजिस्टहरूका अनुसार, प्रतिरक्षासँग सम्बन्धित केही न्युरोटोक्सिन मतिष्कमा पुग्न सक्छन्, जसले स्नायुमा क्षति पुर्याउने हँुदा केही व्यक्तिमा ‘भ्रम पर्ने’ जस्ता गम्भीर समस्या देखिन्छन् । यस्ता बिरामीमा दैनिक व्यवहारहरू सामान्य देखिए पनि उनीहरू भ्रममा रहि रहन्छन् । अधिकांशले आफु अरुबाट असुरक्षित रहेको अनुभव गर्छन, जसले गर्दा असामान्य व्यवहार देखाउने, अनावश्यक डराउने, सुरक्षाको लागि भन्दै चक्कु अथवा धारिलो वस्तु बोकेर हिड्ने  अर्थात वास्तविक दुनियाँ भन्दा बाहिरको संसार महशुस गर्ने जस्ता लक्षण देखाउँछन् । बिस्तारै भ्रम बढ्दै जाँदा अन्य कडा मानसिक समस्याको जोखिम पनि बढ्दै जाने गर्छ ।  
–एजेन्सीको सहयोगमा