Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष २० सोमबार ११:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा बाक्लो हिमपात, कष्टकर बन्दै जनजीवन 

Read Time : < 1 मिनेट
२०७७ पौष २० सोमबार ११:५८:००

जुम्लामा हिमपात सुरु भएसँगै चिसो अत्यधिक बढेको छ । हिउँ परेसँगै बढेकाे चिसोले जनजीवन प्रभावित भएको छ ।

यहाँका उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ भने बेंसीमा सामान्य जमेको देखिएको छ । डाँडाकाँडा सेप्ताम्मे भएका छन् । रातभर सामान्य पानी परेको जुम्ला सदरमुकाममा पानी परेसँगै हिउँ जमेको हो । यस वर्ष मंसिरमा सामान्य हिउँ परे पनि खासै हिउँ परेको थिएन । 

मौसम पनि चिसो भएका कारण हिउँ धेरै पर्न सक्ने मौसमविद्हरूको भनाइ छ । हिमपातका कारण हवाई यातायात प्रभावित भएको छ । जुम्ला विमानस्थलमा जहाँज बस्न नसकेको नागरिक उडान प्राधिकरणले जनाएको छ ।यसैगरी एक सातादेखि नै जुम्लामा चिसो बढ्दै आएको छ । अहिले जुम्लाको तापक्रम माइनसमा झरेको जल तथा मौसम विज्ञान कार्यालयले जानकारी दिएको छ । जल तथा मौसम विज्ञान कार्यालयले प्रमुख आशामपुरा कार्कीका अनुसार आइतबार न्यूनतम माइनस ३ दशमलव ८ डिग्री रहेको तापक्रम बादल र हावा कम भएपछि शून्य दशमलव ६ रहेको जानकारी दिइन् ।

सडकमानवलाई ज्यान जोगाउन कठिन 

हिमपात भएसँगै चिसोले जनजीवन प्रभावित भएको छ । विशेषगरी सडकमा रहेका नागरिकहरूका लागि चिसोले कठिन भएको छ । करिब एक वर्षदेखि चन्दननाथ नगरपालिका– ३ गच्चु ओडारमा बस्दै आएकी मानसिक समस्या भएकी एक महिलालाई बस्न कठिन भएको छ । यी महिलासहित जुम्लाको सदरमुकाम खलंगा बजारका विभिन्न सडकछेउछाउमा आठजना सडकमानव छन् ।

हिमपातले चिसो बढेपछि उनीहरूलाई ज्यान जोगाउन कठिन भएको छ । यद्यपि स्थानीय प्रशासन र स्थानीय सरकारले उनीको अवस्था अवलोकन गर्दै पुनर्स्थापनाको तयारी गरेको छ । तर, अत्यधिक चिसो र हिउँ परेका कारण दैलेख घर बताउने ती महिलालाई तत्काल उद्धार गर्न आवश्यक रहेको स्थानीयले बताउँदै आएका छन् ।