Skip This
यौनहिंसाका घटना बढे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख २६ बुधबार o८:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

यौनहिंसाका घटना बढे

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:१९:oo

संखुवासभामा पछिल्लो समयमा यौनहिंसा बढेको पाइएको छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले प्रस्तुत गरेको तथ्यांकमा बालिकाहरूमा यौन हिंसा बढेको पाइएको हो । इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक, २०२१ का लागि संकलित घटनाको वार्षिक प्रतिवेदनमा बाल यौन हिंसा बढेको तथ्यांक सार्वजनिक भएको छ ।

सन् २०२० जनवरीदेखि हालसम्मका मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाको पूर्वसमीक्षा गर्ने क्रममा यौन हिंसाका घटना धेरै बढेको पाइएको हो । २०२० जनवरीदेखि हालसम्म बाल यौनहिंसा मात्रै आठवटा रहेको पाइएको छ । त्यसैगरी गैरन्यायिक गिरफ्तार एक, धम्की कुटपिट दुई, महिला अधिकारअन्तर्गत चार, महिला बलात्कृत र घरेलु हिंसाका चार, गालीगलौज १५ र भौतिक संरचनामा दुईवटा क्षति, कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन तोडफोड एक र एम्बुलेन्समा तोडफोड एक र हत्याका तीनवटा घटना रहेको इन्सेक प्रतिनिधि भविन कार्कीले बताए ।

सदरमुकाममा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले मानव अधिकार हनन् भएका घटनालाई लिपिबद्ध गराउने र जिल्लाको मानव अधिकारको अवस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुर्‍याउनेजस्ता महत्वपूर्ण काम इन्सेकले गरेको बताए । उनले हरेक वर्ष इन्सेकमार्फत जिल्लामा घटेका घटना बाहिर सार्वजनिक हुनु राम्रो पक्ष भएको बताए ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष बुढाथोकीले मानव अधिकार रक्षाका लागि नेपाल प्रहरीले विवादरहित ढंगले क्रियाशील भइरहेको बताए । न्याय नमर्ने हिसाबले प्रहरीले जिल्लामा काम गरिरहेकोमा इन्सेकले पनि मानव अधिकार रक्षा र कार्यान्वयनमा समेत झक्झक्काउने काम गरिहेको जिकिर गरे । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीले मानव अधिकारको क्षेत्रमा इन्सेकले सत्य–तथ्य घटना उजागर गर्ने काममा कहिल्यै कमी नहुने गरि काम गर्न सुझाब दिए । 

कार्यक्रममा खाँदबारी नगरपालिकाका नगर प्रमुख मुरारीप्रसाद खतिवडा, जिल्ला समन्वय समितिकी उपप्रमुख अम्बिका खवास, खाँदबारी नगर उपप्रमुख डेगेश्वरी श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका सभापति सरोज बज्राचार्य, गैरसरकारी संस्थाका अध्यक्ष विनोद गुरुङ, पत्रकारलगायत सरोकारवाला निकायको उपस्थिति थियो ।

ad
ad