१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १४:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सात महिनादेखि बेपत्ता श्रीमती खोज्दै ८४ वर्षीय वृद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:३८:oo

बाग्लुङ बडिगाड गाउँपालिका– १० निगालपानीकी ७४ वर्षीया खिमसरा विक सात महिनादेखि बेपत्ता छिन् । उनको खोजी गर्दै ८४ वर्षीय श्रीमान् नन्दे विक अहिले गुल्मीको तम्घास आइपुगेका छन् ।

०७७ जेठ १३ गतेबाट श्रीमती घरमा छैनन् । विक परिवारले हराएको अर्को दिनबाटै खोज्न थालेका हुन् । खोजी गर्दै बाग्लुङ, गुल्मी, अर्घाखाँची र प्युठानसम्म पुगे पनि कुनै उपाय नलागेको विक बताउँछन् । 

जंगलमा दाउरा खोज्न हिँडेकी खिमसरा अहिलेसम्म घर फर्किएकी छैनन् । परिवारले उनलाई सम्भावित ठाउँ सबैतिर खोजे । तर, उनको अहिलेसम्म अत्तोपत्तो छैन । ‘जेठ १३ गते आफूहरूले बारीमा मकै गोडमेल गरिरहेका वेला जंगल गएकी मान्छे नफर्केपछि साह्रै पीडामा छौँ,’ उनले भने, ‘अहिलेसम्म सास र लास केही फेला पार्न सकिएन ।’ 

विकका पाँच छोरा र दुई छोरी छन् । उनीहरू सबैको बिहे भइसकेको छ । विकदम्पती कान्छो छोरा राजुसँग बस्दै आएका थिए ।

विक परिवारले खगिसराको विषयमा सबभन्दा पहिले नजिकैको भिमगिठे प्रहरीचौकीमा जानकारी दिएका थिए । तर, अहिलेसम्म खोजीकार्य भइरहे पनि फेला नपरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्चार्ज प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

श्रीमती हराएपछि विकलाई बुढेसकालमा पिरलो थपिएको छ । उनकी श्रीमती हराउँदा देशमा कोरोना संक्रमणका कारण लकडाउन थियो । यातायातका साधन कतै सञ्चालन थिएनन् । सबै ठाउँ पैदलै पुगेर श्रीमतीको खोजी गरेको विकले दुःखेसो पोखे । श्रीमती खाेज्दै बाग्लुङबाट गुल्मी आएका उनले यहाँकाे प्रहरी र मिडियालाई  खिमसरा खोजिदिन आग्रह गरिरहेका छन् । 

 
 

ad
ad