१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष ७ मंगलबार १५:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओली प्रधानमन्त्री बनेदेखि नै निरंकुश र तानाशाही शासक बने : खनाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष ७ मंगलबार १५:२८:००

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री बनेदेखि केपी ओली  निरंकुश, तानाशाहीजस्तो शासक बनेको आरोप लगाएका छन् । 

उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको भेलालाई सम्बोधन गर्दै भने, ‘पार्टीलाई भऱ्याङ बनाएर जानुभो, तर पार्टीका लक्ष्य, निर्णयलाई मान्नुभएन । मनपरी ढंगले अघि बढ्नुभो। क्याबिनेट फर्मेसन गर्दा पूर्वमाओवादीलाई प्रतिनिधित्व गर्नुभो, तर पूर्वएमालेका गुटका मान्छेलाई मात्रै लिनुभो ।’ 

नेता खनालले प्रधानमन्त्री ओली नेतृत्वमा आएदेखि नै गुटबन्दीमा लागेकाे बताए । ‘पूर्वएमालेमा हुँदा पनि केपी ओलीले गुटबन्दी गरे। छैटौँ महाधिवेशनमा गुटबन्दी गरे', उनले भने, 'यस्तै सातौँ, आठौँ र नवौँसम्म गुटबन्दी नै गरे। एकता भएपछि सुध्रेला भनेको त फेरि पनि गुटबन्दी गरे उनले । र, त्यसैअनुसार सरकार चलाए ।’