१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ पौष ६ सोमबार १३:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले चालेकाे कदम असंवैधानिक छ, अदालतले संसद् पुनर्स्थापना गर्छ : याेगेश भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ पौष ६ सोमबार १३:१६:००

हिजाे मात्रै पदबाट राजीनामा दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीले अलाेकतान्त्रिक कदम चाल्दा देशलाई नै आघात परेकाे बताए ।

‘याे राजनीतिक र संवैधानिक दुवै हिसाबले गलत कदम हाे,’ मन्त्री भट्टराईले भने ।

देश, जनता र लाेकतन्त्रकाे रक्षा सर्वाेच्च अदालतले गर्नेमा विश्वास राख्दै उनले संसद् पुनर्स्थापन हुने दाबीसमेत गरेका छन् । ‘प्रधानमन्त्रीलाई बाध्यात्मक अवस्था आउन सक्छ, तर कानुनभन्दा बाहिर जाने अधिकार छैन,’ मन्त्री भट्टराईले भने ।

उनले एउटा पार्टीलाई मात्रै नभएर समग्र लाेकतन्त्रलाई नै संकट परेकाले सबै एक ठाउँमा उभिनेसमेत बताए ।

हिजाेसम्म याे संसद् विघटन राेक्न हदैसम्मकाे पहल गरेकाे भए पनि नसकेकाे बताए । 

मन्त्री भट्टराईले हिजाे आइतबार प्रधानमन्त्री ओलीले चालेकाे कदमप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।

साेमबार मन्त्रालयमा आयाेजित बिदाइ कार्यक्रम बाेल्दै सबै सम्मालिने र देश अगाडि बढ्ने दाबी गरे ।