मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ पौष ४ शनिबार
  • Friday, 28 August, 2026
हदिश खुद्दार जनकपुरधाम
२o७७ पौष ४ शनिबार १९:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश २ लोकसेवा आयोगको कर्मचारी भर्नासम्बन्धी विज्ञापन त्रुटिपूर्ण : अध्यक्ष अन्सारी

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७७ पौष ४ शनिबार १९:४o:oo

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले प्रदेश २ लोकसेवा आयोगले पहिलोपटक निकालेको कर्मचारी भर्नासम्बन्धी विज्ञापन त्रुटिपूर्ण रहेको बताएका छन् । रहिम युथ सोसाइटी जनकपुर र मदरसा नुरिया व कादरी मस्जिदले शनिबार जनकपुरमा छुट्टै आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अन्सारीले प्रदेश आयोगले निकालेको विज्ञापनमा कुनै खास वर्ग धर्मका व्यक्तिलाई संविधानमा दिएको आरक्षणलाई बाइपास गरिएको आरोप लगाए ।

‘नेपालको हरेक परिवर्तनमा उल्लेखनीय योगदान पुर्‍याएका मुस्लिम समुदायलाई राज्यको हरेक निकायमा प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था छ’ अन्सारीले भने, ‘हरेक वर्ग समुदायलाई समावेशी हुने गरी नीति–निर्माण  कार्यान्वयन गर्नुपर्छ । तर, त्यसको विपरीत पुरानै व्यवस्थाअनुसार प्रदेश सरकारले कर्मचारी भर्ना गर्नु दुःखद विषय हो ।’

प्रदेश निजामति कर्मचारी ऐन प्रदेश सभाबाट पास भइसकेको, तर प्रदेश प्रमुखबाट प्रमाणीकरण गर्न मात्र बाँकी रहेको अवस्थामा हतारमा कुनै जात धर्मका व्यक्तिको आरक्षण नै समाप्त हुने गरी कर्मचारी भर्ना खोल्नु संविधानमा रहेको समाजिक न्यायविपरीत रहेको अन्सारीले टिप्पणी गरे । मदरसा शिक्षालाई आधुनिकीकरण गर्दै त्यसमा अध्ययन–अध्यापन गराउने विद्यार्थी तथा मोलवी मौलनाहरूको शिक्षाको पनि सरकारी मान्यता पाउनुपर्ने अन्सारीको भनाइ थियो । 

चन्दाको भरमा चल्दै आएको मदरसा मस्जिदमा पनि सरकारले लगानी गर्नुपर्नेमा जोड दिँदै अन्सारीले भने, ‘पाँच सय वर्ष पुरानो काठमाडौंस्थित कस्मिरी मस्जिदको मर्मत–सम्भारका लागि वर्तमान संघीय सरकारले पहिलोपटक बजेट विनियोजन गरेको छ ।’

मन्दिर, चर्च गुम्बाजस्तै मदरसा, मस्जिद तथा कब्रिस्थानको संरक्षण तथा विकासमा सरकारले सहयोग गर्नुपर्ने अध्यक्ष अन्सारीले बताए ।