१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष ४ शनिबार ०८:२८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पिपल्स च्वाइसमा महिला खेलाडीको वर्चस्व

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष ४ शनिबार ०८:२८:००

पिपुल्स च्वाइस अवार्डमा पाँचमध्ये चार खेलाडी महिला

नेपाल खेलकुद पत्रकार मञ्च (एनएफजेएफ) वार्षिक रूपमा आयोजना गर्दै आइरहेको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ । यस विधामा पाँच खेलाडी रहने गर्छन् । यसपालि महिला खेलाडीको बाहुल्यता रहेको छ । मनोनयनमा परेका ५ मध्ये ४ महिला खेलाडी छन् ।

मञ्चले शुक्रबार एक कार्यक्रमबीच पिपल्स च्वाइस अवार्डमा परेका खेलाडी सार्वजनिक गरेको हो । स्विमिङकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी कप्तान अरुणा शाही, बास्केबलकी कप्तान सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी पिपल्स च्वाइसको मनोनयमा परेका छन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा गौरिकाले ऐतिहासिक प्रदर्शन गरी चार स्वर्ण जितेकी थिइन् । 

गौरिकाले सागमा ४ स्वर्ण, २ रजत र २ कांस्य गरी कुल ८ पदक हात पारेकी थिइन् । साग इतिहासमा व्यक्तिगत रूपमा एक नेपाली खेलाडीले एकै संस्करणमा हात पारेको पदक यो नै सर्वाधिक हो । उनले आठौँ राष्ट्रिय खेलकुदमा पनि गौरिकाले सहभागी १२ वटै स्पर्धामा स्वर्णपदक जित्दै २०६५ मा सम्पन्न पाँचौँ राष्ट्रिय खेलकुदमा करिष्मा कार्कीको रेकर्ड तोडेकी हुन् । 

गत वर्ष काठमाडाैंमै भएको सागमा करातेबाट मण्डेकाजीले व्यक्तिगत दुई स्वर्ण जितेका थिए । एकै सागमा कराते विधामा दुई स्वर्ण जित्ने उनी एक्ला खेलाडी हुन् । १३औँ सागमा नेपाललाई स्वर्णको खाता खोल्ने काम मण्डेकाजीले नै गरेका थिए । यसपटकको मनोनयन १३औँ सागमै प्रदर्शन गरेको आधारमा भएको मञ्चका सचिव गोविन्द रेग्मीले बताएका छन् । 

गौरिका तथा मण्डेकाजीबाहेक मनोनयनमा परेका अन्य खेलाडी समूहमा प्रतिस्पर्धा गरेका थिए । नेपालले सागमा पहिलोपटक महिला भलिबलमा रजत पदक जित्दा अरुणाले कप्तानी गरेकी थिइन् । नेपाल फाइनलमा भारतसँग प्रतिस्पर्धात्मक सेटमा ३–२ ले पराजित भएको थियो । अरुणाकै कप्तानमा नेपालले गत वर्ष एभिसी सेन्ट्रेल जोनमा स्वर्ण पदक जितेको थियो । 

यसैगरी बास्केटबलमा नेपालले महिलातर्फ रजत हात पार्दा सदिनाले कप्तानी गरेकी थिइन् । महिला फुटबल टोलीले पनि सागमा रजत जित्दा सावित्राले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । गत वर्ष उत्कृष्ट फर्ममा रहेकी स्ट्राइकर सावित्राले अन्तर्राष्ट्रिय खेलमा नेपालबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेकी थिइन् । उनले महिला राष्ट्रिय टोलीबाट ३८ गोल गरेकी छिन् ।

उनले अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमानलाई भंग गरेकी थिइन् । मञ्चले मनोनीत खेलाडीलाई भोटिङ गर्न भोटिङलाइन शुक्रबार बाट सुरु भएको जनाएको छ । यो २७ पुससम्म खुला रहने छ । यसपटक इ–सेवाबाट पनि भोटिङ गर्न सकिन्छ । इ–सेवा भोटिङ र फेसबुक लाइकको मतभार ५० प्रतिशत रहनेछ । पत्रकार र मुख्य प्रशिक्षकको मतभार २५–२५ प्रतिशत रहनेछ । यसैबीच मञ्चले इ–सेवासँग सम्झौता गरेको थियो ।