१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १४:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खोटाङमा ‘खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव’ हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:१४:oo

यही वैशाख ३१ गतेबाट दिक्तेल बजारमा ‘बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आयोजना गरिने भएको छ। खेल संस्कृतिको विकास गर्दै विभिन्न विधाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्‍याउने लक्ष्यका साथ नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आगामी वैशाख ३१ देखि जेठ १० सम्म महोत्सव आयोजना गरेको हो।

महोत्सवमा राष्ट्रिय कराँते प्रतियोगिता, खुला हाफ म्याराथन प्रतियोगिता, विभिन्न उमेर समूहको दौड प्रतियोगिता र साहित्यिक तथा सांगीतिक प्रतियोगिता समेटिएको आयोजक प्रतिस्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए।

चन्दा संकलन तथा दाताको सहयोगमा बृहत् महोत्सव आयोजना गरिएको हो। ११ दिनसम्म सञ्चालन हुने महोत्सव करिब रु. ५० लाख खर्चमा सम्पन्न गर्ने योजना रहेको बताइएको छ। 

नेपाल कराँते महासंघ खोटाङको संयोजन र नेपाल सितोरियो कराँते संघ खोटाङको व्यवस्थापनमा हुन लागेको महोत्सवको कार्यतालिका आयोजकले बुधबार दिक्तेलस्थित होटल इन्द्रेणीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। वैशाख ३१ गतेदेखि जेठ १ गतेसम्म एथलेटिक्स, जेठ ३ गते राष्ट्रिय कविता लेखन प्रतियोगिता, जेठ ६ गते खुला गायन प्रतियोगिता र जेठ ८ गतेदेखि १० गतेसम्म खुला राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन गरिने कार्यतालिकामा उल्लेख छ।

एथ्लेटिक्सतर्फ आठ विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ। १२ वर्षमुनिका छात्रछात्रा र ६० वर्षमाथिका पुरुषका लागि एक/एक माइल (१६०० मिटर) दौड, आमाहरूको लागि तीन किलोमिटर दौड, १५ वर्षमुनिका छात्रछात्राका लागि पाँच किलोमिटर दौड, ३५ वर्षमाथिका नेता, जनप्रतिनिधि, पत्रकार, कर्मचारी र शिक्षकका लागि पाँच किलोमिटर दौड, १५ वर्षमाथिका खुला महिला/पुरुषका लागि १० किलोटिर दौड र खुला महिला/पुरुषका लागि २१.०९७ किलोमिटर हाफ म्याराथन प्रतियोगिता आयोजना गरिनेछ।

ad
ad