१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o९:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पलेसा र कविराज वर्षका उत्कृष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:५३:oo

छनोट चरण पार गर्दै पेरिस पारा ओलम्पिक खेल्न लागेकी पारा खेलाडी पलेसा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामा वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकबाट सम्मानित भएका छन् ।

शनिबार नेपाल तेक्वान्दो संघले आठौँ वार्षिक साधारणसभाका अवसरमा पलेसाले उत्कृष्ट खेलाडी हुँदै ५० हजार पुरस्कार पाइन् । वर्षको उत्कृष्ट प्रशिक्षक लामालाई १५ हजारबाट सम्मान गरिएको हो । उनीहरूलाई युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले सम्मान गरेका थिए ।

चीनको ताइयानमा गत चैत ४ गते भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पलेसा पेरिस पारा ओलम्पिकका लागि छनोट भएकी थिइन् । पलेसा छनोट चरण पार गरेर पाराओलम्पिक खेल्न लागेकी पहिलो नेपाली खेलाडी हुन् । गत असोजमा चीनको हाङझावमा सम्पन्न चौथो एसियाली पारा खेलकुदमा पनि पलेसाले ऐतिहासिक कांस्य पदक जितेकी थिइन् ।

यसअघि सन् २०२० मा भएको टोकियो पारा ओलम्पिकमा पलेसाले दुई खेल जितेकी थिइन् । ओलम्पिकमा दुई खेल जित्ने पलेसा पहिलो नेपाली खेलाडी पनि हुन् । कविराजले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ । जसमा तीन स्वर्ण, दुई रजत र पाँच कांस्य छन् ।

ad
ad