Skip This
बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु,  एक घाइते 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
रासस दोलखा
२o८१ बैशाख २६ बुधबार १२:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु,  एक घाइते 

Read Time : < 1 मिनेट
रासस दोलखा
नयाँ पत्रिका दोलखा
२o८१ बैशाख २६ बुधबार १२:३५:oo

दोलखाको बिगु गाउँपालिका– ५ चिलंखामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

दुर्घटनामा गौरीशंकर गाउँपालिका– ८ खारेका २४ वर्षीय सुविन तामाङको मृत्यु भएको हो  । 

बिहान करिब ६ बजे चिलंखा थाक्रेबाट सिँगटी बजार जाने क्रममा बा.२०च ४३७३ नम्बरको गाडी लाइसेप भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिपमा सवार चालक तामाङको घटनास्थलमै मृत्यु भएको र बिगु– ५ की २२ वर्षीया कमला तामाङ घाइते भएको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए । गाडी सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो। 

घाइते तामाङको सिँगटी बजारस्थित रोल्वालिङ अस्पतालमा उपचार भइरहेको र सामान्य अवस्था रहेको प्रहरीले जनाएको छ । 

ad
ad