१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर १९ शुक्रबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर १९ शुक्रबार o५:३३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ बैंकद्वारा नेपाल पर्वतारोहण संघलाई सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर १९ शुक्रबार o५:३३:oo

सिद्धार्थ बैंक लिमिटेडले नेपाल पर्वतारोहण संघलाई सामाजिक उत्तरदायित्व अन्र्तगत १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंककी नायब प्रबन्धक (भ्याली रिसोर्सेस) अपर्णा गिरीले पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईलाई रकम हस्तान्तरण गरेकी हुन् । 

उक्त रकम नेपाल पर्वतारोहण संघले पर्वतीय पर्यटन प्रवद्र्घनको कार्य क्षेत्रमा खटिँदा आकस्मिक दुर्घटनामा परी निधन भएका आरोहीका बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्नका लागि उपयोग गर्ने जनाइएको छ ।

संघलाई बैंकले प्रदान गरेको सहयोग रकमबाट दुर्घटनामा परी निधन भएका पर्वतारोहीका २० जना बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने संघले जनाएको छ । यसबाट बालबालिकाको शिक्षामा केही हदसम्म भए पनि उत्थान पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।  

बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पूर्वाधार र सुरक्षाजस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिने जनाएको छ ।