मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ मङ्सिर १५ सोमबार १५:०४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बुटवलका लागि क्यान्सर स्क्रिनिङ सेन्टरदेखि अक्सिजन जेनेरेसन प्लान्टसम्मका योजना सार्वजनिक 

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १५ सोमबार १५:०४:००

रोटरी क्लब अफ बुटवलले स्वास्थ्य र शिक्षा क्षेत्रलाई लक्षित गर्दै करोडौँ लागतका चारवटा परियोजना सार्वजनिक गरेको छ ।

रोटरीको ग्लोबल ग्रान्ट प्रोजेक्टअन्तर्गत वर्ष २०२०–२१ को लागि चारवटा परियोजनाको काम अगाडि बढाइएको क्लबले जनाएकाे छ । यो परियोजनाअन्तर्गत क्यान्सर स्क्रिनिङ सेन्टरसहित ब्लड कलेक्सन मोबाइल भ्यानसम्म छन् ।

जसअन्तर्गत रोटरी क्लब अफ बुटवलले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा द रोटरी क्यान्सर स्क्रिनिङ एन्ड डाइग्नोष्टिक सेन्टर स्थापनाको कार्यक्रम अगाडि सारेको छ।

त्यस्तै, आम्दा अस्पताल बुटवलमा अक्सिजन जेनरेसन प्लान्ट निर्माण, शंकरनगर वनवाटिकामा रोटरी इ-लर्निङ साइन्स एन्ड थिएटर र रोटरी ब्लड कलेक्सन मोबाइल भ्यान गरी चारवटा परियोजना अघि बढेको अध्यक्ष सुनिल श्रेष्ठले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापना गर्न लागिएको क्यान्सर स्क्रिनिङ सेन्टर मेगा प्रोजेक्टको रूपमा रहेको क्लबले जनाएको छ । उनले भने, ‘यो करिब १० करोड रुपैयाँको मेगा प्रोजेक्ट हो, सुरुमा यसका लागि साढे दुई करोड लगानी हुँदै छ ।’ 

क्यान्सर स्क्रिनिङ सेन्टर स्थापना भएपछि विशेषगरी महिलाहरूलाई क्यान्सर रोग पत्ता लगाउन बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने पनि उनले बताए । 

रोटरी क्लब अफ बुटवलका प्रेसिडेन्ट इलेक्ट रो. डा. ताराप्रसाद उपाध्यायले क्यान्सर स्क्रिनिङ सेन्टरका लागि आधुनिक स्वस्थ्य उपकरणहरूरु ल्याउने गरी तयारी थालिएको बताए । 

 त्यसैगरी आम्दा अस्पतालमा निर्माण हुने अक्सिजन प्लान्टका लागि करिब ५५ लाख बजेट आवश्यक पर्ने रोटरीले जनाएको छ । त्यस्तै करिब ५० लाख रुपैयाँको लागतमा वनवाटिकामा इ–लर्निङ एन्ड साइन्स थिएटर र ६५ देखि ८० लाख रुपैयाँको लागतमा ब्लड कलेक्सन मोबाइल भ्यान सञ्चालन गर्ने काम पनि रोटरीले अगाडि बढाएको छ । 

परियोजनाका लागि रोटरी इन्टरनेसनल डिष्टिक ३२९२ बाट सहयोगको आश्वासन पाएको र स्थानीय, प्रदेश र संघ सरकारसँग पनि सहयोगको आग्रह गरिएको अध्यक्ष श्रेष्ठले बताए । रोटरी क्लब अफ बुटवलको मंगलबार २८औँ चार्टर्ड नाइट कार्यक्रम रहेको छ । 

क्लबले सोमवार बुटवलमा गरेको पत्रकार सम्मेलनमा सचिव रो. रोम शर्मा, प्रोजेक्ट डाइरेक्टर रो. मधुप्रसाद  अर्याललगायतले पनि विभिन्न विषयमा प्रकाश पारेका थिए।

चार्टर्ड नाइटका अवसरमा विभिन्न पदक, पुरस्कार र छात्रवृत्ति वितरणको कार्यक्रम पनि राखिएको छ ।

कार्यक्रमकै अवसरमा सञ्चारकर्मीहरूमध्येबाट एकजनालाई पत्रकारिता पुरस्कार, पत्रकार अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने पत्रकारिता छात्रवृत्ति, नरेन्द्रतेज दृष्टिविहीन विद्यार्थी अक्षयकोष, द्रव्यचन्द्र दृष्टिविहीन अक्षयकोष, सपना अक्षयकोष, वृजनयन ट्रस्टलगायतका अक्षयकोषबाट विभिन्न विद्यार्थीलाई पुरस्कृत गरिने भएको छ ।