१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रासस/एएनआई
२०७७ मङ्सिर ११ बिहीबार १२:४७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

भारतमा २४ घन्टामा साढे ४४ हजार कोरोना संंक्रमित थपिए 

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ मङ्सिर ११ बिहीबार १२:४७:००

भारतमा पछिल्लो २४ घन्टामा ४४ हजार चार सय ८९ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैसँग भारतमा संक्रमितको संख्या ९२ लाख ६६ हजार सात सय ६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । जसमध्ये ८६ लाख ७९ हजार एक सय ३८ व्यक्ति संक्रमणमुक्त भएका छन् ।

भारतमा कोरोना संक्रमणबाट २४ घन्टामा थप पाँच सय २४ जनाको मृत्यु भएको छ । योसहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३५ हजार दुई सय २३ पुगेको छ । 

मन्त्रालयका अनुसार हाल चार लाख ५२ हजार तीन सय ४४ व्यक्ति मात्रै सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकैदिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार १९औँ दिन हो ।

भारतमा सबैभन्दा बढी कोरोना प्रभावित राज्य महाराष्ट्रमा अझै पनि ८५ हजार चार सय ८८ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । त्यसपछि केरलामा ६५ हजार दुई सय ३४ व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने राजधानी दिल्लीमा ३८ हजार दुई सय ८७ जना सक्रिय संक्रमित छन् । 

हालसम्म साढे १३ करोडजनाको स्वाब परीक्षण
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १३ करोड ५९ लाख ३१ हजार नमुना परीक्षण गरेको जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले गत मंगलबार सरकारले कोभिड– १९ को खोप निर्माण गर्ने सम्बन्धमा गम्भीरतापूर्वक काम गरिरहेको बताउँदै खोपको डोज र मूल्य अझै टुंगो नलागेको प्रस्ट्याएका थिए ।