१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ११ बिहीबार ०५:३६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बेलायत र अमेरिकामा खुकुरी रमको सफलता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ११ बिहीबार ०५:३६:००

खुकुरी रमले सन् २०२० मा संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकामा सफलता हासिल गरेको छ । नेपाल डिस्टिलरिजको उत्पादन खुकरी रमले संयुक्त अधिराज्यमा सन् २०२० को लन्डन स्पिरिट प्रतियोगितामा स्वर्ण पदक जितेर तथा यही वर्ष अमेरिकी बजारमा प्रवेश गर्ने सफलता हासिल गरेको हो । 

कम्पनीले सन् १९५९ मा स्थापनादेखि नै नेपाली उत्पादनलाई विदेशी बजारमा लोकप्रिय बनाउने लक्ष्य लिएको र आफ्नो पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याई देशलाई गौरवान्वित बनाउने काममा सफल हुँदै गएको दाबी गरेको छ । खुकुरीले यस वर्ष लन्डन स्पिरिट प्रतियोगितामा स्वर्ण पदक जितेर आफ्नो उपलब्धिको अध्यायमा एक अर्को कोसेढुंगा थपेको कम्पनीले जनाएको छ । सम्भवतः रमका लागि विश्वकै सबैभन्दा ठूलो बजार मानिएको संयुक्त राज्य अमेरिकामा यसलाई उपलब्ध गराउनु पनि यो वर्षको उल्लेखनीय सफलता भएको कम्पनीले उल्लेख गरेको छ । 

विश्वव्यापी रूपमै कोभिड–१९ को महामारीबीच पनि नेपालको मौलिक मदिरा खुकुरी रम लन्डन स्पिरिट प्रतियोगितामा स्वर्ण पदक जित्न सफल हुनु, नेपालीकै सान बढ्नु रहेको कम्पनीका कार्यकारी निर्देशक केके चुरीवालाले बताए । यो सफलता कम्पनीका सबै सरोकारवालाको कडा मिहिनेत एवं प्रयासको प्रतिफल भएको उनको भनाइ थियो । 

कम्पनीका महाप्रबन्धक सुभाष लामिछानेले खुकुरी रमले आफ्नो उत्पादनको समयदेखि नै विश्व बजारमा आफ्नो उपस्थिति बढाउन सक्दो प्रयास गर्दै आएको बताए । यो रम हाल विश्वका १३ देशहरूमा उपलब्ध रहेको र अन्य देशमा पनि पु¥याउने प्रयास जारी रहेको उनको भनाइ छ । हाल केही समयका लागि संयुक्त राज्य अमेरिकाको बजारमा पुनः प्रवेश गर्ने उनले जानकारी दिए । 

खुकुरी रम नेपालको अत्यन्त रुचाइएको ब्रान्ड भएको र यसको गुणस्तर सर्वश्रेष्ठ रहँदै आएको कम्पनीको दाबी छ । नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी रहेको कम्पनीले जनाएको छ ।