१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १५:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बर्दिबासमा वार्ता जारी : उचित क्षतिपूर्ति र दोषीउपर कडा कारबाहीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:४२:oo

महोत्तरीमा भएको बालिका हत्या प्रकरणलाई सुल्झाउने प्रयास चलिरहेको छ । अहिले जिल्लामा सर्वपक्षीय वार्ता चलिरहेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासमा भइरहेको वार्तामा प्रजिअसहित सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधिहरू सहभागी छन् । 

वार्तामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वार्ता समितिका संयोजक चिरञ्जीवी हमाल, नेकपाका जिल्ला अध्यक्ष राजु खड्का, प्रमुख जिल्ला  अधिकारी कृष्णराज कटुवाल सहभागी छन् । 

त्यसैगरी प्रहरीका एसपी टीकाबहादुर केसी, सशस्त्र प्रहरीका एसपी सुरेश सापकोटा पनि सहभागी छन् । वार्तामा परिवारका भने कोही पनि सदस्य सहभागी छैनन् । 

वार्तामा बालिकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने, त्यसैगरी आन्दोलनका क्रममा मंगलबार मृत्यु भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । 

त्यसैगरी दोषीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने माग राखिएको छ ।

बालिकाको शव पोस्टमार्टमका लागि काठमाडौं लगिएको थियो । 

प्रदर्शनकारीहरूले भने पूर्व–पश्चिम महेन्द्र राजमार्गको बर्दिबासमा विरोध प्रदर्शन गरिरहेका छन् । 

यसअघि प्रदर्शनकारीहरूले बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीको पुतला जलाएका थिए । 

७ गते आइतबार साँझ बर्दिबास– १४ सुगमबस्ती बस्ने सादिम आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुन बेपत्ता भएकी थिइन् । उनको शव भने सोमबार मध्यरातमा भेटिएको थियो । 

हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा बर्दिबास– १४ सुगमबस्तीमै पर्ने सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चिम विकरु साहको घरपछाडिको विनोद साहको खाली जग्गामा बालिकाको शव भेटिएको थियो ।

त्यसपछि स्थानीय हत्या आरोपीमाथि कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

ad
ad