१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o५:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नोकिया ३.४ बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o५:२५:oo

नोकिया ३.४ मोडेलको स्मार्ट फोन बजारमा आएको छ । नोकिया फोनहरूको होम्स, एचएमडी ग्लोबलले यो स्मार्ट फोन बजारमा आएको जनाएको हो ।  यो फोनले स्थिर प्याकेजमा विश्वसनीयता, प्रिमियम डिजाइन र एन्ड्रोइडको सर्वश्रेष्ठ संयोजनका लागि सफल यात्राका साथ सुलभ मूल्यमा बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

यसमा शक्तिशाली प्रोसेसर, सबैभन्दा नयाँ क्वालकाम स्नैपड्रैगन ४६० मोबाइल प्लेटफर्म रहेको जनाइएको छ । नोकिया फोनको शृंखलामा पहिलो पन्चहोल डिस्प्लेका साथ अल्ट्रा–वाइड लेन्स र एआई इमेजिङका साथै यसमा एक शक्तिशाली ट्रिपल रियर क्यामेरा रहेको कम्पनीले जनाएको छ । यसमा दुई दिनसम्म टिक्ने ४००० एमएएच ब्याट्री रहेको जनाइएको छ । 

यो फोनमा एन्ड्रोइड वन अपरेटिङ सिस्टम रहेको छ । जसमा तीन वर्षको मासिक सेक्युरिटी अपडेट र दुई वर्षको ओएस अपग्रेड सुविधा रहेको जनाइएको छ । ग्रे रङमा उपलब्ध ३ जिबी र ६४ जिबी मेमोरी भएको यसको मूल्य १८ हजार ६ सय ९९ रुपैयाँ तोकिएको छ ।

ad
ad