१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रासस/एएनआई
२०७७ मङ्सिर ८ सोमबार १२:५२:००
Read Time : < 1 मिनेट
विश्व

नाइजेरियाको मस्जिदमा बन्दुकधारीको आक्रमणबाट पाँचको हत्या, १८ जना अपहरित

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ मङ्सिर ८ सोमबार १२:५२:००

नाजेरियाको एक मस्जिदमा बन्दुकधारीहरूले आक्रमण गरी पाँचजनाको हत्या गरेका छन् भने १८ जनालाई अपहरण गरी लगेका छन् । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा केही बन्दुकधारीले आक्रमण गरेको प्रहरीले आइतबार पुष्टि गरेको हो । 

नाइजेरियाको मोराउ स्थानीय सरकारको जाफिरा भन्ने स्थानको मस्जिदमा घटना भएकोे हो । शुक्रबार प्रार्थनाको समयमा आएका कैयौँ बन्दुकधारीले आक्रमण गर्दा त्यहाँ रहेका पाँचजनाको ज्यान गएको र अरू १८ जनालाई उनीहरूले अपहरण गरेर लगेका थिए ।

मोटरसाइकलमा आएका अज्ञात बन्दुकधारीले गाउँतर्फ फर्किएर पनि हवाई फायर गरेका थिए । उनीहरूले मस्जिदमा हमला गरेपछि उनीहरूसँगै आएको बसमा ती अपहरित १८ जनालाई लगेका  थिए ।

घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पछिल्ला केही समययता नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा यस्ता हत्या र अपहरणका घटना बढेका छन् ।