१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o७:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

पाँडे र पौडेललाई भैरव पुरस्कार प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:२१:oo

यस वर्षको भैरव पुरस्कार र प्रतिभा पुरस्कार क्रमशः रामकुमार पाँँडे र राजाराम पौडेललाई प्रदान गरिएको छ । भैरव पुरस्कार गुठीले शनिबार गोकर्णेश्वर–५ स्थित भैरव स्मृति भवनमा गरेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पुरस्कार प्रदान गरेका हुन् । भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कारको राशि क्रमशः एक लाख र पचास हजार रुपैयाँ छ । 

सो अवसरमा नगर प्रमुख चालिसेले जोरपाटी चोकमा निर्माण गरिने नगरपालिकाको कार्यालयपरिसरमा अर्यालको पूर्ण कदको ढलोटको सालिक राखिने घोषणा गरे । पुरस्कृत स्रष्टा पाँँडे विदेशमा रहेकाले प्रतिनिधिका रूपमा उनको पुरस्कार ग्रहण गरेका डा.यादव ढुंगानाले हाँस्यव्यंग्य साहित्यमा पाँडेको योगदानको चर्चा गरे ।

कलाकार मदनकृष्ण श्रेष्ठले पुरस्कृत स्रष्टा राजाराम पौडेल नेपाली हाँस्य कला क्षेत्रका अमूल्य निधि भएको बताए । साहित्यकार विजय चालिसेले नेपाली हाँस्यव्यंग्य साहित्यलाई उर्वर बनाउने काम भैरव अर्यालले गरेको स्मरण गरे ।

चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्रा.डा.खगेन्द्र लुइँटेल र व्यंग्यकार लक्ष्मण गाम्नागे सदस्य रहेको चयन समितिको आधारलाई अनुमोदन गर्दै भैरव पुरस्कार गुठीले पाँडे र पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

भैरव पुरस्कार गुठीका सचिव वसन्त रिजालले ०४६ देखि प्रत्येक दुई–दुई वर्षमा पुरस्कार प्रदान गरिँदै आएकोमा आगामी वर्षबाट बर्सेनि वितरण गरिने जानकारी दिए । 

ad
ad