१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
एजेन्सी
२o८१ बैशाख ३० आइतबार १९:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
फिचर

एक व्यक्तिको गलत सूचनाले सिंगो राज्यमा ‘लकडाउन’

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १९:४१:oo

गलत सूचना कत्तिको घातक हुन सक्छ भन्ने उदाहरण हालै दक्षिण अस्ट्रेलियामा भएको एक घटनाले देखाउँछ । कोरोना भाइरस (कोभिड– १९) संक्रमित एक व्यक्तिले दिएको गलत सूचनाका कारण सिंगो राज्यमा कडा खालको लकडाउन घोषणा भएको छ ।

उक्त क्षेत्रमा गत बुधबार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये गत अप्रिलयता पहिलोपटक स्थानीयवासी पनि संक्रमित भएको फेला परेको थियो । त्यसका बाबजुद ती व्यक्तिले सही सूचना मात्रै दिएको भए पनि सिंगो राज्यमा लकडाउन हुने थिएन ।

पिजा सेन्टरमा काम गर्ने ती व्यक्तिले प्रहरीलाई आफू काम गर्ने नभई पिजा किन्न मात्रै जाँदा संक्रमित भएको जवाफ दिएका थिए । उनको जवाफपछि स्वास्थ्य अधिकारीहरूले छोटो ‘एक्पोजर’मै ती व्यक्तिलाई संक्रमण देखिएको भन्दै भाइरस घातक खालको हुन सक्ने निष्कर्ष निकालेका थिए । त्यससँगै लकडाउनको घोषणा गरिएको थियो ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न अस्ट्रेलियाले महत्वपूर्ण प्रयास गरिरहेको छ । उसले देशमा धेरै संक्रमण फैलन दिएको छैन । त्यसका लागि उसले लकडाउनलाई मुख्य हतियारको रूपमा प्रयोग गरेको छ । संक्रमणको संख्या थोरै बढेको अवस्थामा पनि उनीहरूले लकडाउन घोषणा गर्ने गरेका छन् । त्यसबाहेक परीक्षण र ‘कन्ट्याक्क टे«सिङ’ अस्ट्रेलियाले संक्रमण नियन्त्रणमा लिन अपनाएको अरू दुई उपाय हुन् । 

सोही क्रममा संक्रमित व्यक्तिले दिएको गलत सूचनाका कारण राज्यका अरू सर्वसाधारणले पनि दुःख पाएका छन् । ‘कुनै पनि व्यक्तिले यस्तो गलत सूचना दिनु निकै खराब कुरा हो । एकजनाको झुटको नतिजा के हुन्छ भन्ने उदाहरण अहिले सबैले देखेका छन्,’ सरकारी कर्मचारी स्टेभेन मार्सले भनेका छन् ।

‘झुटो बोल्नेमाथि कारबाही गर्ने कानुन भएन’ 
गलत सूचना दिएर अरू सर्वसाधारणलाई समेत समस्यामा पारेका ती व्यक्तिलाई कारबाहीको तयारी गरिएको छ । यद्यपि, झुट बोल्ने व्यक्तिलाई कारबाही गर्ने कुनै कानुनी प्रावधान नभएको कारण उसले उन्मुक्ति पाउने सम्भावना रहेको दक्षिण अस्ट्रेलियाका प्रहरी प्रमुख ग्रान्ट स्टेभेन्सले जनाएका छन् ।

यद्यपि, उनको एक झुटका कारण पुगेको क्षति र असरबारे अध्ययन गर्नुका साथै यस क्रममा कुनै कानुन उल्लंघन गरे–नगरेको हेर्न एउटा समिति तयार पारिएको उनले जानकारी दिएका छन् । संक्रमित व्यक्तिले गलत सूचना दिएको थाहा पाएपछि दक्षिण अस्ट्रेलियामा लागू गरिएको लकडाउन आइतबारबाट हटाइने जनाएका छन् । त्यहाँ शुक्रबार जम्मा तीनजना संक्रमित भेटिएका थिए ।

प्रहरीले गतल सूचना दिने ती व्यक्तिको परिचय भने खुलाएको छैन । यद्यपि, ती व्यक्ति एडिलेडस्थित उडभिल्ला पिजा बारमा काम गर्ने कर्मचारी भएको अस्टे«लियन सञ्चारमाध्यमहरूले जनाएका छन् । सिड्नी मर्निङ हेराल्ड पत्रिकाले ती व्यक्ति पिजा सेन्टरमा सुरक्षागार्डको रूपमा काम गर्दै आइरहेको र उनी आइसोलेसन वार्डबाट संक्रमित भएको जनाएको छ । 

अस्टे«लियाको अरू राज्यले पनि भाइरस संक्रमण नियन्त्रण लिने सम्बन्धमा निकै सकारात्मक प्रयास गरिरहेका छन् । भिक्टोरिया राज्यले आफ्नो क्षेत्रमा पछिल्लो समय कुनै संक्रमण फैलन दिएको छैन । पछिल्लो २१ दिनमा यहाँ एउटा पनि संक्रमण नदेखिएको जनाइएको छ ।
अस्ट्रेलियामा अहिलेसम्म २८ हजारको हाराहारीमा संक्रमण देखिको छ भने नौ सयको मृत्यु भएको छ ।
 

ad
ad