मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर ६ शनिबार ०८:५६:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

राष्ट्रिय कविता महोत्सव मंसिर २९ गते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर ६ शनिबार ०८:५६:००

नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मंसिर २९ गते काठमाडौंमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड– १९ का कारण स्थगित गरिएको थियो । 

प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले अब भौतिक दूरी कायम गरी महोत्सव आयोजनाका लागि नयाँ मिति तय गरिएको बताए । प्रतिष्ठानले वि.सं. २०२२ देखि महोत्सव आयोजना गर्दै आएको छ । यसअघि वि.सं. २०७२ मा गोरखा भूकम्प जाँदा कविता महोत्सव स्थगित भएको थियो ।    

प्रतिष्ठानले प्रतियोगिताको पुरस्कार राशिसमेत वृद्धि गर्ने निर्णय गरेको छ । सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायका अनुसार प्रथमलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीय तीनजनालाई जनही  ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।