१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
रमेश रावल वीरेन्द्रनगर
२o८१ बैशाख २३ आइतबार १५:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कोरोना संक्रमितकाे उपचारका लागि ‘कर्णाली टेलिकम्युनिकेसन’ सञ्चालन

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:१o:oo

कोरोना संक्रमणका बिरामीलाई लक्षित गरेर कर्णाली प्रदेश अस्पताल, सुर्खेतले ‘कर्णाली टेलिकम्युनिकेसन’  सञ्चालनमा ल्याएको छ । 

हाल बढीजसो कोरोना संक्रमणका बिरामी होम आइसोलेसनमा बस्ने गरेका कारणले उपचारमा सहजीकरणका लागि ‘कर्णाली टेलिकम्युनिकेसन’ सञ्चालनमा ल्याएको हो । 

‘कर्णाली टेलिकम्युनिकेसन’ सेवामा कोरोना संक्रमणका बिरामीहरूले भाइबर, फेसबुक र मोबाइलमा फोन वा म्यासेन्जर गरेर सेवा लिन र दिन सजिलो हुने ‘कर्णाली टेलिकम्युनिकेसन’का फोकल पर्सन डा. नवराज केसीले बताए । ‘कोरोना संक्रमणका बिरामीलाई लक्षित गरेर कम्युनिकेसन सञ्चालनमा ल्याएका छौँ,’  उनले भने, ‘यसमा कर्णालीभरका अन्य बिरामीले पनि सेवा लिन सक्नेछन् ।’

‘कर्णाली टेलिकम्युनिकेसन’ बिहीबारबाट २४ घन्टा सञ्चालन हुने, कोरोना संक्रमणका जटिल प्रकार बिरामीको उपचारका लागि पूर्वतयारीमा सहज हुने डा. केसीले जानकारी दिए । 

‘कोरोना संक्रमणका जटिल बिरामीलाई स्वास्थ्य परामर्श र अस्पतालमा उपचारको पूर्वतयारीका लागि यो सेवा प्रभावकारी हुनेछ,’ उनले भने, ‘केही समस्या आए अझ सुधार गरेर हामीले उपचारमा प्रभावकारी सेवा सुविधा उपलब्ध गराउन खोजेका छौँ ।’

कोरोना संक्रमणका बिरामी म्यासेन्जर र भाइबरमा भिडियो कल गरेर उनीहरूको अवस्था र विशेषज्ञ चिकित्सकसँगको परामर्श सेवा ‘कर्णाली टेलिकम्युनिकेसन’बाट प्रदान गरिने डा. केसीले बताए ।

‘कर्णाली टेलिकम्युनिकेसन’का लागि ९८५८०२०२४६ र ९८५८०२०२४८ नम्बर  सञ्चालनमा ल्याइएको छ । 

ad
ad