मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक २४ सोमबार १४:२६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

बालबालिकामा मधुमेह हुँदा यस्ता लक्षण

Read Time : > 1 मिनेट
२०७७ कार्तिक २४ सोमबार १४:२६:००

केही वर्षयता बालबालिकामा समेत मधुमेहको समस्या तीव्र रूपमा देखिन थालेको छ । बालबालिका विशेषगरी साना उमेरका बालबालिकामा टाइप १ मधुमेह धेरैमा देखिन थालेको छ । 

शरीरमा उत्पन्न हुने अटोइम्युन अवस्थाले प्यानक्रियटिक बिटा कोषहरू नष्ट गर्दै लान्छ, जसले इन्सुलिनको मात्रा असन्तुलित हुने हँुदा रगतमा चिनीको मात्रा बढेर जान्छ । बच्चामा टाइप २ मधुमेह (डाइबेटिज)ले मोटोपनाको समस्या निम्त्याउने गर्छ, तर वयस्कको तुलनामा बालबालिका यसबाट कमै प्रभावित भएका छन् । सानै उमेरका बालबालिकालाई मधुमेह के कारणले हुन्छ भन्ने यकिन तथ्य अझैसम्म पनि पत्ता लागेको छैन । तर, पारिवारिक स्वास्थ्य अवस्था, संक्रमणको प्रारम्भिक जोखिम र अटोइम्युन डिसअर्डर आदिलाई मधुमेहको कारण मानिँदै आइएको छ । बालबालिकामा मधुमेहका लक्षण केही सातामै देखिन्छन्, प्रारम्भिक चरणमै लक्षण पत्ता लगाएर उपचार गर्न सकिन्छ । 

अत्यधिक तिर्खा
बालबालिकाले पोलिडिप्सिया वा अत्यधिक तिर्खाएको बताए मधुमेहका यस्तो हुन सक्छ । मधुमेहका कारण शरीरमा तरल पदार्थको असन्तुलन हुँदा अत्यधिक तिर्खा लाग्ने हुन्छ । टाइप १ डाइबेटिजको समस्या भएका बालबालिका अत्यधिक पानी खान रुचाउँछन् । 

बारम्बार पिसाब
सामान्यतया पोलिडिप्सियापछि बालबालिकामा पोलियुरिया अर्थात् बारम्बार पिसाब गर्ने हुन्छन् । सामान्यतया शरीरमा ग्लुकोज स्पाइक हुँदा मिर्गाैलाले पिसाबको माध्यमबाट ग्लुकोज हटाउन संकेत गर्छ । जसको परिणामस्वरूप बारम्बार पिसाब गर्न मन लाग्ने हुन्छ । 

भोक
स्वस्थ बालबालिकाको तुलनामा मधुमेह भएका बालबालिका जुनसुकै समयमा पनि खान रुचाउने हुन्छन् । साथै जति खाए पनि नअघाउने खालका हुन्छन् । इन्सुलिनको प्रयोगबिना शरीरले ग्लुकोजको माध्यमबाट ऊर्जा उत्पन्न गर्न सक्दैन । बिस्तारै शरीरमा ऊर्जाको कमी हुँदै जाने भएकाले बारम्बार भोक लाग्ने गर्छ । बालबालिकामा यस्ता लक्षण देखिएमा सम्बन्धित चिकित्सकको परामर्श लिनुपर्छ । 

तौल घट्ने
बालबालिकामा मधुमेहको अर्को लक्षण छोटो समयमै तौल घट्नु पनि हो । शरीरमा उत्पादन भएको ग्लुकोज ऊर्जामा मात्रै खपत हुुन्छ । इन्सुलिनको कम उत्पादनका कारण शरीरका मांसपेशीहरू कमजोर हँुदै जान्छन्, शरीरले बोसो जम्मा गर्न थाल्छ । फलस्वरूपमा तौल कम हुँदै जान्छ । 

सास गन्हाउने
शरीरमा इन्सुलिनको कमी हँुदा सास गन्हाउने समस्या देखिन्छ । बालबालिकामा मधुमेहको समस्या बढ््दै गएपछि यस्ता लक्षण देखिन्छ । ग्लुकोजको अभावमा शरीरले ऊर्जाका लागि फ्याटको प्रयोग गर्छ जसले शरीरमा केटोन्स अर्थात् रक्त अम्ल उत्पादन गर्छ । केटोन्सका कारण सास फलफूलको रसजस्तो गन्हाउने गर्छ । 

व्यवहारमा परिवर्तन
अध्ययनअनुसार स्वस्थ बच्चाहरूको तुलनामा मधुमेह भएका बालबालिकामा व्यावहारिक समस्या बढी हुन्छन् । ८० जना बालबालिकामध्ये २० बालबालिकाले असन्तुलित व्यवहार देखाउने गर्छन् । सामान्यतया मधुमेह भएका बालबालिका खाना फाल्ने, रिसाउने, भनेको नमान्ने, आफ्नो अधिकारको प्रयोग गर्ने खालका हुन्छन् । अधिकांशमा भाइबहिनीहरूसँग ईष्र्या गर्ने, घरमा कडा अनुशासनको महसुस गर्ने, आमाबुबाले अन्यभन्दा आफूलाई फरक व्यवहार गरेको महसुस गर्ने गर्छन् । यस्ता भावनाले मुड परिवर्तन गर्ने, चिन्ता र डिप्रेसनको समस्या निम्तिन्छ । 

यस्तै छालामा कालो दागहरू देखिने, सधैँ थकान महसुस गर्ने, आँखाको दृष्टिमा समस्या आउने, पेट दुख्ने, घाउ निको हुने समय लाग्नेजस्ता लक्षणहरू पनि देखिन्छन् । बालबालिकामा यस्ता असामान्य लक्षण देखिए स्वास्थ्य जाँच गर्नु आवश्यक हुन्छ । 
–एजेन्सीको सहयोगमा