
फोटो पत्रकार प्रदीपराज वन्त म्युजिक भिडियोमा पनि देखिएका छन् । गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेनमेन्टले निर्माण गरेको ‘परदेशीको कर्म’मा वन्तले अभिनय गरेका हुन् ।
कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सीता न्यौपाने पाठक, वरिष्ठ कर्पोरेट सेफ कुमार चालिसेलगायतले काठमाडौंको न्युरोडस्थित एक रेस्टुरेन्टमा संयुक्त रूपमा म्युजिक भिडियोको विमोचन गरे ।
गीतकार नवराज घिमिरेले लेखेको गीत विनोद दनुवारले गाएका छन् भने वन्त र मोडल तथा जुम्बा प्रशिक्षक सोनाम केसीको अभिनय रहेको छ । नवीनबाबु गरुङले भिडियो निर्देशन तथा छायांकन गरेका हुन् ।