१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २० बिहीबार ०९:५७:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

प्रधानमन्त्रीद्वारा ‘फर्किन् मेरी आमा’ विमोचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २० बिहीबार ०९:५७:००

प्रधानमन्त्री केपी ओलीले गीतकार तथा गायक प्रेमनाथ अधिकारीको ‘फर्किन् मेरी आमा’ नामक गीति एल्बम विमोचन गरेका छन् । बालुवाटारमा मंगलबार भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर प्रधानमन्त्री ओलीले सांस्कृतिक संस्थानका अध्यक्षसमेत रहेका अधिकारीको गीति एल्बम विमोचन गरेका हुन् ।

प्रधानमन्त्रीले सर्जक अधिकारीको कलायात्राको निरन्तरताको कामना गर्दै भने, ‘प्रेमजी, कलाको बाटो भएर सत्यको पछि लागि रहनुहोस्, कहिलेकाहीँ सत्यको यात्रामा एक्लै भएजस्तो लाग्छ, तर तपाईं एक्लै हुनुहुन्न ।’ 

साहित्यकार डा.विजय सुब्बा र प्रा.केशव सुवेदीले अधिकारीको सांगीतिक यात्रा र गीति एल्बम ‘फर्किन् मेरी आमा’को समीक्षा गरेका थिए । उनीहरूले तीसको दशकदेखि नै संगीत यात्रामा क्रियाशील अधिकारीका गीतहरूले नेपाली मौलिक लोकभाकालाई समृद्ध बनाउने विचार व्यक्त गरे । 

एल्बममा फर्किन् मेरी आमा, गाईलाई चरन, साँगुरी ओरालो, घमाइलो बगान, चरीको रङ र ढङढङ कक्ल्याक कक बोलका ६ वटा गीत समाविष्ट छन् । शीर्ष गीतमा संगीतकार तथा प्राज्ञ अशोक लोहोरुङ राईको संगीत छ ।

अन्य सबै गीतमा गीतकार तथा गायक अधिकारी स्वयंको लय संकलन रहेको छ । गायक अधिकारीलाई शीर्ष गीतमा गायिका दुर्गा परियार र गाईलाई चरन बोलको गीतमा बिना भट्टराईले स्वरमा साथ दिएका छन् ।