Skip This
बन्दाबन्दीको बहानामा शीतभण्डार निर्माणमा ढिलाइ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार o९:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बन्दाबन्दीको बहानामा शीतभण्डार निर्माणमा ढिलाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o९:o१:oo

कोभिड–१९ को संक्रमण न्यूनीकरण गर्न सरकारले आह्वान गरेको बन्दाबन्दीको बहाना बनाएर निर्माण व्यवसायीले दोलखामा शीतभण्डार निर्माणमा ढिलाइ गरेको छ । बागमती प्रदेश सरकारको मुख्य सहयोगमा निर्माण भइरहेका दोलखाका दुईवटा क्षेत्रका शीतभण्डार बन्दाबन्दीको बहानामा ढिलाइ गरिएको हो । 

कृषकले उत्पादन गरेको कृषिउपजलाई लामो समयसम्म बजारीकरण गर्न सहयोग गर्ने उद्देश्यले बागमती प्रदेश सरकारले लागत सहभागितामा शीतभण्डार निर्माण कार्यक्रम सुरु गरेको थियो । २०७७ असार मसान्तभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्ने भए पनि दोलखाको जिरी र बोचमा निर्माणाधीन शीतभण्डारले उद्देश्यअनुरूप गति लिन सकेको छैन । 

शीतभण्डार निर्माणको जिम्मा पाएको कम्पनीले बोचमा अहिलेसम्म तल्लो तह अर्थात् सिभिलको काम मात्र पूरा गरेको छ भने आइरन, बिमजस्ता अन्य सामग्रीहरू ढुवानीसमेत गरेको छैन । बोच र जिरीमा निर्माण हुने दुईवटै शीतभण्डार निर्माणको जिम्मा लिएको इजी एन्फा प्रालिले दोलखाको जिरीमा भने भर्खर मात्रै संरचना निर्माणको काम सुरु गरेको छ । सिभिलको काम सम्पन्न गरेर अन्य उपकरण जडान सुरु गर्ने समय भए पनि निर्माण कम्पनीले बन्दाबन्दीकै बहाना बनाएर काममा ढिलाइ गरेको स्थानीयहरूले आरोप लगाएका छन् । 

निर्माण कम्पनीका प्रतिनिधि उत्तम पौडेलले बन्दाबन्दीकै कारण लक्ष्यअनुसार प्रगति हुन नसकेको बताए । शीतभण्डारमा प्रयोग हुने आइरन, बिम ढुवानीमा समेत असहजताले ढिलाइ भएको भन्दै उनले लकडाउनका कारण मजदुर अभाव, निर्माण सामग्री उपलब्धतामा कठिनाइले केही ढिलाइ भए पनि तोकिएको समय अवधिभित्रै काम सम्पन्न गर्न आफूहरू लागिरहेको बताए । उनका अनुसार अहिले काम निरन्तर भइरहेको जनाएका छन् ।

२ वटा भण्डारको लागत ८ करोड ४४ लाख
प्राविधिक शिक्षालय परिसर जिरी र भीमेश्वरको बोचमा निर्माणाधीन शीतभण्डारको जम्मा लागत ८ करोड ४४ लाख रहेको छ । लागत सहभागितामा बन्न लागेका दुईवटा शीतभण्डार प्रदेश सरकारले आह्वान गरेको टेन्डरका आधारमा जिरीमा जिरी नगरपालिका र बोचमा तिलोत्तमा हिमाली फुड प्रोडक्सन प्रालिले पाएका थिए । लामोसाँघु चरिकोट सडकखण्डको बोचबाट झन्डै ३ सय मिटर तल निर्माण भइरहेको शीतभण्डारमा सामान्य पूर्वाधारहरूको विकास भइसकेको छ भने जिरीमा लिंकन बजारनजिकैको प्राविधिक शिक्षालय परिसरमा पनि पूर्वाधारको अभाव छैन ।

ad
ad