१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
एजेन्सी नयाँ दिल्ली
२o८१ जेठ ८ मंगलबार १२:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

भारतमा घट्दै सक्रिय संक्रमित, नयाँ संक्रमित थपिनेभन्दा निको हुने बढी

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
२o८१ जेठ ८ मंगलबार १२:o५:oo

भारतमा लगातार चौथो दिन बुधबार पनि नयाँ काेराेना संक्रमित ५० हजारभन्दा कम थपिए । 

केही दिनयता भारतमा संक्रमित थपिने क्रम निरन्तर घटेको छ । संक्रमित थपिनेभन्दा निको हुने बढ्दै गएका छन् ।

यही अनुपमातमा संक्रमित कम र निको हुने धेरै भए बिहीबार सक्रिय संक्रमितको संख्या ६ लाखभन्दा कम हुने अनुमान गरिएको छ ।

बुधबार ४९ हजार ६ सय ६० नयाँ संक्रमित थपिँदा ५७ हजार पाँच सय ६ जना निको भएर डिस्चार्ज भएका छन् ।

संक्रिय संक्रमितको संख्या लगातार २६ दिनदेखि घटिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बुधबार सक्रिय संक्रमितको संख्या ६ लाख पाँच हजार नौ सय ४३ थियो । 

भारतमा हालसम्म ८० लाख ३९ हजारजना संक्रमित भइसकेका छन् । त्यसमध्ये ७२ लाख ९२ हजार एक सय ५६ जना निको भइसकेका छन् । 

संक्रमणबाट हालसम्म एक लाख २० हजार तीन सय १२ जनाको निधन भएकाे समाचारमा जनाइएकाे छ । 

ad
ad