मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
उदयराज खनाल
२०७७ कार्तिक ३ सोमबार ०८:३०:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

राम कहाँ खोज्ने ?

राम–कृष्णजस्ता प्रागैतिहासिक नायक सर्वत्र छन्, कुनै एकको पेवा होइन

Read Time : > 4 मिनेट
उदयराज खनाल
२०७७ कार्तिक ३ सोमबार ०८:३०:००

रामभूमिको चर्काे विवादमा आधिकारिक धारणा बनाउने समाजशास्त्री वा धर्मशास्त्री नभए पनि विषयगत प्रश्न आफैँ उठाउँदै उत्तर खोज्ने विज्ञानका विद्यार्थीको हैसियतले केही लेख्दै छु । पुख्र्याैली पराक्रमको कथा रचाएर सूर्यजस्ता देववंशी बन्न खोज्ने प्रथा, प्राचीन इजिप्टदेखि आधुनिक जापानसम्म छ । धातुका अति कडा उल्काको वज्रास्त्र बनाउने शक्तिमान ढुंगेयुगमा इन्द्र कहलिए ।

कास्य युगीन टुटनखामुनको लोहक्षुरी, यस्तै उल्काको हो । वेदपुराणको अक्षरशः अर्थ नलागेरै, त्यतिका व्याख्या छन् । लिपिको आविष्कारभन्दा हजारौँ वर्षअघिबाट, निरस मानिने गणितदेखि अग्निविद्याका वैज्ञानिक सूत्रमा रोचक कथा बाँधेर बच्चालाई घोकाउँदै, ऋषिमुनिहरूले वेदको निर्माण गरे । चेक शब्द ‘वेद’ माने विज्ञान । प्रथम ऋग्वैदिक मन्त्रका अग्निको सौररूप आह्वान गरेर हाइड्रोजन बम पड्काएका महाशक्तिको उपयोगी भट्टीचाहिँ चलेको छैन । 

गणेशसँग लेख्न सिकेर वेदपुराण लिपिबद्ध गर्दै ‘परोपकारः पुण्याय पापाय परपीडनम्’ भन्ने व्यास, अक्षर आविष्कारको प्रतीक हो । ती ग्रन्थ सम्पादित हुँदै कैयौँ नायक विष्णुका अवतारमा जोडिए । इस्वी १२औँ शताब्दीका जयदेवले गीतगोविन्दमा लेखेका, ‘वेदानुद्धरते जगन्निवहते भूगोलमुद्बिभ्रते, दैत्यम् दारयते बलिम् छलयते क्षत्रक्षयम् कुर्वते, पौलस्त्यम् जयते हलम् कलयते कारुण्यमातन्वते, म्लेच्छान्मूच्र्छयते दशाकृतिकृते कृष्णाय तुभ्यम् नमः’, प्रमुख दशावतार हुन् । पृथ्वीको गोलाकारसँग परिचित जयदेवले, डार्बिनीय विकासवादको पूर्वाभास पनि दिन्छन् । 

पात्रोमा लेखिने सृष्टितोगताब्दाको २.३ गुणा अर्थात् ४.५४ अर्ब वर्षअघि निर्मित पृथ्वीमा, चार करोड वर्षभित्रै देखा परेका प्रारम्भिक जीवलाई बहुकोषीय बनेर हाडखोर (स्केलेटन) उमार्न लगभग चार अर्ब वर्ष लाग्यो । जीवको उत्पत्ति जलमा भएको सिकाउन, मत्स्यलाई प्रथम अवतार मानियो । ४० करोड वर्षअघिको टेथिस सागरका जीव अंकित नेपाली शालग्रामले डेबोनियन पिरियडको अभिलेख राख्छ । यो मत्स्यकाल अन्त्य गर्ने विनाशलीला, २.५ करोड वर्षसम्म चलेर ८५ प्रतिशत जैविक प्रजाति नष्ट गर्‍यो । नजिकैको सुपरनोवा तारा विस्फोटद्वारा प्रवर्तित यो प्रलयबाट डिएनएमा लेखिएको जैविक अक्षरको उद्धार गर्ने, साना सार्कसहितका माछा थिए । अनि २५ करोड वर्षअघिदेखि हिले माटोबाट घिस्रिएर निस्किन थालेका सरिसृपले प्रभुत्व जमाएको लामो मध्यजैविक युगको संकेत गर्न, दीर्घजीवी कछुवा छानियो । 

६.६ करोड वर्षअघिको बज्रपातले डाइनोसरजस्ता ठूला सरिसृप सखाप पारेपछि डाइनोसरको छायामा १५ करोड वर्ष थिचिएर मुसाजत्रा रहेका स्तनधारी हुर्कने मौका पाए । यिनले थलचर उभारेको स्मरणमा, चारखुट्टे वराह छ । नरसिंह भनिएको चौथो अवतार, दुई खुट्टामा हिँड्न थालेको अस्ट्रालोपिथिकस हुनुपर्छ । ४५ लाख वर्षअघि अफ्रिकामा विचरण गर्ने यसको प्रजातिबाटै मानव विकास भएको धारणा छ । १५ लाख वर्षमा कंकडका औजारले हाडबाट मासु कोट्याउन सिके पनि, प्रतिरक्षामा दाँत र नंग्रा नै अघि सर्थे । यी चार सत्ययुगीन अवतार पछि आएका विवेकी मानवले प्रतिद्वन्द्वी परास्त गर्न छलको समेत उपयोग थाले ।

नियान्डर्थलको दिमाग मानवको भन्दा ठूलो थियो, दशाननबराबर नभए पनि । मृत्युसंस्कार, बिरामीको स्याहार, वाद्ययन्त्र बनाउनेजस्ता सांस्कृतिक कार्यहरू सिकाए । वाणका तिखा टुप्पाजस्ता औजार बनाउन निपुण भएर मौसटेरियन उद्योग चलाए । लोपोन्मुख हुने क्रममा ४० हजार वर्षअघि नरभक्षी बनेको हुन सक्छ ।

 २३ लाख वर्षअघि देखा परेर पाषाण युग थाल्ने होमो हाबिलिस, त्रेता युगको वामनसँग मिल्छ । सानै कदको भए पनि लामा हातका दश औँलाले ढुंगे औजार बनाएर ओल्डोवान उद्योग चलाए । बन्चरोको आविष्कारले चिरञ्जीवी बनेर २१ पटक पृथ्वी घुम्दै विरोधीको क्षय गर्ने परशुरामचाहिँ आदि मानव ठहरिएको होमो इरेक्टस हो ।

अग्नि विद्या र धारिला हाते बन्चरोको बलमा अजेय बनेको इरेक्टस २१ लाख वर्षअघि अफ्रिकाबाट फैलिएर युरेसिया ढाक्दै इन्डोनेसियासम्म पुग्छ । 
चार लाख वर्षअघिदेखि मानवका प्रजाति देखा परे, अफ्रिकामा आधुनिक मावनको शरीरधारी होमो सेपियन्स, युरोपदेखि पश्चिम एसियामा होमो नियान्डर्थल, युरेसियाको उत्तरी मैदानदेखि पूर्वी एसियासम्म होमो डेनिसोबन, इत्यादि । सेपियन्ससँगको सहवासले यी दुईका ३–५ प्रतिशतसम्मको वंशाणु हामीमा प्रसारित भयो भने गत वर्ष पत्ता लागेको रहस्यमयी १ प्रतिशतचाहिँ इरेक्टसको अनुमान छ । त्रेतायुगको अन्त्य गर्ने पुरुषोत्तम नै यो प्रथम सेपियन्सको प्रतीक हुन् र अन्य प्रजाति हाम्रा कथामा लेखिएका राक्षस र दानव । 

नियान्डर्थलको दिमाग मानवको भन्दा ठूलो थियो, दशाननबराबर नभए पनि । यिनले मृत्युसंस्कार, बिरामीको स्याहार, वाद्ययन्त्र बनाउनेजस्ता सांस्कृतिक कार्यहरू सिकाए । वाणका तिखा टुप्पाजस्ता औजार बनाउन निपुण भएर मौसटेरियन उद्योग चलाए । यी लोपोन्मुख हुने क्रममा ४० हजार वर्षअघि नरभक्षी बनेका हुन सक्छन् । रामायणभरि भेटिने राक्षस महाभारत युद्धसम्म यदाकदा आएर हराउँछन् । हामी सबै सेपियन्सका सन्तान हौँ । ७० हजार वर्षअघि अन्त्य भएको एक लाख वर्ष लामो अनुवांशिक संकुचन (जेनेटिक बोटलनेक) केवल हजार जोडीका सन्तान छिरेका थिए । दुई लाख वर्षअघिको आनुवंशिक आदि मातापिताको खोजमा वैज्ञानिक नजिक छन् । अतः जातपातको विभेद सरासर भ्रम हो । 

द्वापर युगका हलधारी बलरामले खेती र सिँचाइ गर्न सिकाएलगत्तै उनका भाइ गोपालले गाइवस्तु पाल्न सिकाए । १२ हजार वर्षअघि सुरु भएको नवपाषाणयुगीन कृषि क्रान्तिकारीका प्रतीक यिनै हुन् । आठ हजार वर्षअघि उत्पादन थालिएको ताम्रलाई अन्य धातुसँग मिसाएर कडा कास्य बनाउन दुई हजार वर्ष लाग्यो । यसैताका रथको आविष्कार भयो । ५,२२१ वर्षअघिको कलि आगमनले कास्ययुग ल्याएसँगै लिपिको विकास गरेर महाकाव्य रचिए । दुई हजार वर्षपछि झन् कडा लोहको उपयोग थालियो ।

विज्ञानको बलमा शक्तिशाली बनेकाको बढ्दो निर्दयता मत्थर गर्न एक मात्र ऐतिहासिक अवतार बुद्ध आफ्नो जन्मस्थलीबाट निक्लिएर करुणाको प्रचार गर्छन् । करुणावान्ले मात्र कलियुगीन होमोपछाडिको दुईओटा सेपियन्स झुन्ड्याउन सुहाउँछ । मानववादभन्दा उच्च कुनै पनि धर्म वा वाद हुन सक्दैन । करुणाहीन अमानुषको दमन गरेर कलियुग अन्त्य गर्ने कल्की अवतार आउन चार लाखभन्दा बढी वर्ष बाँकी छ भनिन्छ । इतिहास खोज्न सकिन्छ, तर भविष्यवाणीको कुनै आधार छैन । सरलतम् भौतिक प्रणालीको त सारा सम्भव इतिहासको योग निकाल्ने फेनमान पथ समाकलनले भावी अवस्थान्तरणको सम्भाव्यता मात्र थाहा लाग्छ । जटिल जैविक प्रणालीको भविष्यवाणी असम्भव छ । 

बराहक्षेत्रदेखि पर्शुरामधाम, ऋष्यशृंगदेखि वाल्मीकिका आश्रम, सीतापाइलादेखि रामकुटी नेपालमै छन् । बकासुर मारेको आभारमा यहाँका बासिन्दाले दोलखादेखि काठमाडौंसम्म भीमसेन मन्दिर बनाएर अझै पूजा गर्दै छन् । कृष्णले वाणासुर मारेको पनि यतै भन्छौँ ।

युगौँअघि अफ्रिकाबाट निस्किँदै भन्न थालिएका पौराणिक कथाहरू सम्पादित हुँदै युरेसियादेखि इन्डोनेसिया पुगे भने त्यसका नायकलाई कहाँ खोज्ने ? वरुणादि वैदिक देवता मान्ने पश्चिम एसियाको मित्तानीमा राज गर्ने इ.पू. १३५० का तुष्यरथलाई विकिपिडियाको हिन्दी संस्करणले दशरथ भन्छ । दुई हजार इ.पू. मा कोरिएको एक इराकी भिरको चित्रमा राम र हनुमान देखिको खबर २६ जुन २०१९ मा टाइम्स अफ इन्डियाले छाप्यो । राम त इराकका राजा रहेछन् भन्ने विभिन्न पत्रिकाको गर्वित उद्घोषले हिन्दुत्वमा कुनै चोट लागेन । 

यसको अध्ययन गर्न अयोध्या शोध संस्थान तम्सियो । थाइल्यान्डको रामवंशी राजाहरूले अयोध्याबाट कैयन् वर्ष राज गरेर बैंकक सरे । बालिद्वीपका कति थुम्कालाई हनुमानले पर्वत बोकेर जाँदा खसेका टुक्रा भन्छन् । उनीहरूका लंका, अयोध्या, कुरुक्षेत्र सबै उतै छन् । वराहक्षेत्रदेखि पर्शुरामधाम ऋष्यशृंगदेखि वाल्मीकिका आश्रम, सीतापाइलादेखि रामकुटी नेपालमै छन् । बकासुर मारेको आभारमा यहाँका बासिन्दाले दोलखादेखि काठमाडौंसम्म भीमसेन मन्दिर बनाएर अझै पूजा गर्दै छन् ।

कृष्णले वाणासुर मारेको पनि यतै भन्छौँ । एकै मूर्तिलाई मञ्जुश्री र सरस्वती मानेजस्तै आकाशभैरवलाई यलम्बर र बर्बरिक भन्दै सबै जातजाति मिलेर पूजा गर्छाैं । व्यासको जन्मथलो र महाभारत रचना गरेको गुफा शुक्लगण्डकी किनारमा देखाउँछौँ । विक्रम संवत् चलाउने राजाको शिर साँखुमा पुजिँदै छ भने बत्तीसपुतलीले उनकै सिंहासन सम्झाउँछ । यसर्थ, राम–कृष्णजस्ता प्रागैतिहासिक नायक सर्वत्र छन्, कुनै एकको पेवा होइन । 
(खनाल भौतिकशास्त्रका प्राध्यापक हुन्)