Skip This
असिम सागरको कविताकृति ‘क’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार o७:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

असिम सागरको कविताकृति ‘क’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o७:४१:oo

कवि असिम सागरको कविताकृति ‘क’ सार्वजनिक भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को बढ्दो संक्रमणका कारण औपचारिक कार्यक्रमविनै पुस्तक आइतबार बजारमा ल्याइएको हो । 

पत्रकार रूपेश श्रेष्ठले असिम सागर नेपाली जनताका कवि रहेको र उनका कविताले सडकका नागरिकको कथा भन्ने बताए । ‘देखेर र भोगेर कविता लेख्नुमा ठूलो अन्तर हुन्छ । असिम सागरको कवितासंग्रह ‘क’ मा भोगेर लेखेका कविता छन्,’ श्रेष्ठले भने, ‘सरल भाषामा यति ओजपूर्ण कविता लेख्न सकिन्छ, त्यो पनि सुन्दर कविता लेख्न सकिन्छ भन्ने उनले प्रमाणित गरेका छन् ।’

पछिल्लो समय आइरहेका कवितासंग्रहमा ‘क’ फरक किसिमको लागेको फाइनप्रिन्टका सहसंस्थापक नीरज भारी बताउँछन् । सरल एवं सरस किसिमका कविता लेख्ने सागरको नयाँ कृतिमा सामान्यभन्दा सामान्यजनका दुःख, पीडा अनि समाजमा व्याप्त बेथिति एवं विसंगतिलाई घतलाग्दो किसिमले प्रस्तुत गरिएको उनको भनाइ छ ।

ad
ad