Skip This
चक्रपथ विस्तारलाई २५ रोपनी जग्गा प्राप्ति गर्नुपर्ने २ अर्ब मुआब्जामा खर्च हुने अनुमान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o८:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चक्रपथ विस्तारलाई २५ रोपनी जग्गा प्राप्ति गर्नुपर्ने २ अर्ब मुआब्जामा खर्च हुने अनुमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:५१:oo

चालू आर्थिक वर्षको सुरु (साउन) देखि नै निर्माण थालिने सरकारी योजनामा रहेको चक्रपथ विस्तारको दोस्रो चरणको पूर्वतयारीको काम नहुँदा कहिलेबाट थालिने हो, अझै अन्योलमै छ ।

तर, पूर्वतयारीलाई भने गति दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक महिनाभित्र पोल स्थानान्तरण गर्ने, तीन महिनाभित्र हाई भोल्टेज टावर स्थानान्तरण गर्ने, सडक सीमामा रहेका जग्गाको मूल्यांकन गर्नेलगायत निर्णय गरेको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको अध्यक्षतामा सरोकारवालासहितको बैठकले समन्वयमा पूर्वतयारीलाई गति दिने निर्णय गरेको हो । 

आयोजनाको दोस्रो चरणको विस्तारअन्तर्गत कलंकी–महाराजगन्ज–चाबहिल रहेको छ । यस खण्डलाई पूर्वतयारी सम्पन्न भएपछि ८ लेनमा विस्तार गर्ने कार्य थालिनेछ । यसअघि आयोजना विस्तार गर्नुअघि पूरा गर्नुपर्ने पूर्वतयारीका काममा अपेक्षित प्रगति नहुँदा काठमाडाैं–चक्रपथ सुधार आयोजना दोस्रो चरणको विस्तार कार्य अड्किएर बसेको छ । विशेष गरी विद्युत्का पोल, हाई भोल्टेज पावर र जग्गा प्राप्तिमा प्रगति नहुँदा आयोजना अघि बढ्न नसकेको हो । अब चक्रपथ विस्तारका लागि आवश्यक पूर्वतयारीले तीव्रता पाउने र विस्तारको कार्य थालनी हुने मन्त्री नेम्वाङको भनाइ छ । 

सरोकारवाला निकायसहितको बैठकले नेपाल विद्युत् प्राधिकरणबाट विगतमा विभिन्न बैठकहरूमा भएका प्रतिबद्धताअनुसार एक महिना (कात्तिक मसान्त) भित्र सम्पूर्ण पोल स्थानान्तरण गरी तार हाल्ने कार्य सम्पन्न गर्नेछ । त्यस्तै, ३ महिना (पुस मसान्त) भित्र अनिवार्य रूपमा कारखाना चोक र सानोभ¥याङमा रहेको हाई भोल्टेज टावर स्थानान्तरण गर्ने निर्णय भएको छ । त्यस्तै, स्वयम्भूस्थित चैत्य कात्तिक मसान्तभित्र हटाउन काठमाडौं महानगरपालिकासँग समन्वय गर्ने निर्णय गरिएको छ । यसैगरी, सडक विभाग काठमाडौं–चक्रपथ सुधार योजनाबाट कात्तिक मसान्तभित्र नयाँ बसपार्कको अकासेपुल भत्काउने कार्य सम्पन्न गरिने निर्णयमा उल्लेख छ । 

आयोजनालाई अघि बढाउनका लागि चुनौतीका रूपमा रहेको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सम्बन्धित वडा कार्यालय र नगरपालिकासँग समन्वय गरी नारायणगोपाल चोक, महाराजगन्जमा रहेको जग्गा प्राप्ति रहेको छ । त्यस क्षेत्रको २ सय ४४ मिटर सडक सीमामा रहेका जग्गाको मूल्यांकन पनि कात्तिक मसान्तभित्र सम्पन्न गर्ने सर्वपक्षीय निर्णयमा उल्लेख छ ।

यसबाहेक सडक सीमासम्बन्धी रहेको अन्योलबारे राजपत्र र कानुनी दस्तावेजको अध्ययन गर्ने र थप परामर्श गरी यथाशीघ्र नीतिगत निर्णय गर्नका लागि सडक विभागबाट आवश्यक पहल गर्ने निर्णय गरिएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए ।  बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव यादव कोइराला, प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलिया, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की, नेपाल टेलिकमका महानिर्देशक अनन्तमान सिंह, नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक लेखनाथ कोइराला, सडक विभागका महानिर्देशक केशवकुमार शर्मालगायतको सहभागिता थियो । 

 २५ रोपनी जग्गा प्राप्ति गर्नुपर्ने
कलंकीदेखि धोबीखोलासम्म कुल ११ किलोमिटरमध्ये नारायणगोपाल चोकस्थित २ सय १७ मिटर लम्बाइमा भने थप जग्गा अधिग्रहण गर्नुपर्नेछ । कुल ३१ मिटरमध्ये अघिग्रहण गर्नुपर्नेमा १५ मिटरसम्म अहिले नै सरकारको स्वामित्वमा छ । बाँकी १६ मिटर टाढासम्मको जमिन प्राप्त गर्नुपर्नेछ । कुल २५ रोपनी जग्गा प्राप्त गर्न मात्र बाँकी रहेको सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए । त्यसभन्दा बाहेक स्थानमा भने ०३२÷३३ सालतिर नै सरकारको नाममा ल्याइसकिएको छ । नारायणगोपाल चोकस्थित अघिग्रहण गर्नुपर्ने ठाउँमा ३५ वटा घर पर्नेछन् । २५ रोपनी जग्गा प्राप्ति गर्न मुआब्जाबापत २ अर्ब रुपैयाँ आवश्यक पर्ने पूर्वमूल्यांकन छ । चक्रपथ विस्तार भएपछि यसको क्षेत्र ६२ मिटरको हुनेछ । सडकको केन्द्र (बीच) बाट ३१–३१ मिटरको दूरी रहनेछ ।

ad
ad