Skip This
बार्सिलोनासँगका सबै स्मरण भुलाउने प्रयासमा सुआरेज
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
एजेन्सी
Invalid date format १९:५३:oo
Read Time : > 2 मिनेट
खेलकुद

बार्सिलोनासँगका सबै स्मरण भुलाउने प्रयासमा सुआरेज

Read Time : > 2 मिनेट
एजेन्सी
नयाँ पत्रिका
Invalid date format १९:५३:oo

उरुग्वेयन स्ट्राइकर लुइस सुआरेजले स्पेनिस ला लिगामा लामो समयसम्म टिकिरहने विश्वास व्यक्त गरेका छन् । एट्लेटिको म्याड्रिडमा पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुआरेजले म्याड्रिडको दोस्रो इनिङ्स पनि सानदार हुने स्पष्ट पारेका हुन् । सुआरेजको पहिलो इनिङ्स अर्थात् बार्सिलोना थियो । जहाँ उनले ६ वर्ष बिताए । बार्सिलोनाको इतिहासमा व्यक्तिगत धेरै गोल गर्ने खेलाडीमा सुआरेजको नाम तेस्रो नम्बरमा छ ।

नयाँ क्लबमा राम्रो बनाउन पुराना स्मृति भुलाउने प्रयास गरिरहेको उनको भनाइ छ । पुरानो स्मृतिका साथ नयाँ पाइला टेक्न गाह्रो हुने रहेछ । यसकारण एट्लेटिको म्याड्रिडमा एक ‘म्याचविनर’ खेलाडीका रूपमा स्थापित गर्न बार्सिलोनासँगको सबै स्मरण भुलाउने सुआरेजले जनाएका छन् । ‘अब पुरानो दिन सम्झेर काम छैन,’ सुआरेजले भने, ‘म्याड्रिडमा नयाँ ढंगले अगाडि बढ्न चाहन्छु ।’ बार्सिलोनातर्फ सधैँ फर्कँदा भविष्य अन्योल हुने उनी ठान्छन् । गत साता मात्रै सुआरेज स्पेनको एट्लेटिको म्याड्रिडसँग आबद्ध भएका हुन् ।
बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएम्यानले पुराना खेलाडीहरू आफ्नो योजनामा नरहेको बताएका थिए । प्रशिक्षक कोएम्यानले सुआरेज, लियोनल मेसी, इभान राकिटिक तथा भिडाललाई घुमाउरो रूपले यस्तो संकेत गरेका हुन् । कोएम्यानले इंगित गरेका खेलाडीमध्ये अहिले मेसी मात्र बार्सिलोनामा छन् । यद्यपि मेसी पनि अन्य क्लबमा जाने चर्चा थियो । तर, बार्सिलोनाले उनलाई अन्य क्लबमा जान दिएन । 

सुआरेजले स्पेनिस ला लिगामा फरक योजनाका साथ अगाडि बढ्ने बताएका छन् । यद्यपि उनले बार्सिलोनाकै प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडको जर्सीमा प्रतिस्पर्धा गर्नुपर्नेबारे कहिल्यै नसोचेको जनाए । सुआरेज भन्छन्, ‘त्यो निर्णय लिनु कठिन थियो, म यसका लागि तयार नै थिइनँ, तर समय–परिस्थितिले मानिसलाई बलवान् बनाउँदो रहेछ । यसलाई सबैले स्वीकार गर्नुपर्छ, मैले बार्सिलोनामा उत्कृष्ट ६ बर्ष बिताएँ । सम्भवतः बार्सिलोनामा अहिले पनि मलाई माया गर्ने र हेला गर्नेहरू छन् ।’ 
बार्सिलोनामा रहँदा प्राप्त गरेको सफलताप्रति गर्व लाग्ने उनले बताएका छन् । भन्छन्, ‘बार्सिलोनामा रहँदा कतिपय पक्ष मन परेको थिएन, कतिपय निकै मन लागेको थियो । तर, यीबीच पनि ६ वर्षमा प्राप्त गरेको सफलताप्रति म गर्वको महसुस गर्छु ।’ 

‘नाउ क्याम्प छाड्न विवश भएँ’ 
खेलाडीका रूपमा बार्सिलोना छाड्न तयार नभएको, तर मानवीयताका कारण नै नाउ क्याम्प छाड्न विवश भएको उनले खुलाए । ‘यस्तो लागेको थियो, बार्सिलोनामै करिअर सकिन्छ, यहाँ नराम्रो केही भएको थिएन, सबैसँग राम्रो थियो । तर एकजना व्यक्तिका कारण अकल्पनीय निर्णय लिनुप¥यो,’ सुआरेजले भने । गत सिजन घुँडामा चोट बोकेका कारण सुआरेज चार महिना मैदानबाहिर रहे । बार्सिलोनाको म्यानेजमेन्टले सुआरेजलाई केही पनि भनेको थिएन । अहिले पनि सुआरेजलाई त्यो घुँडाको समस्या छ । 

घुँडाको समस्याले उनले म्याड्रिडमा दुःख पाउन सक्छन् । यद्यपि, गत वर्षको पीडा भुलाउँदै नयाँ तरिकारले सुरुवात गर्ने उनले बताए । ‘म चाहन्छु, यो सिजनमा नयाँ होस्, मेरो ध्यान नै मैदानमा रहनेछ, गएको वर्षमा मलाई कुन–कुन पक्षले सतायो भनी विचार गर्दिनँ, केवल राम्रो प्रदर्शन गर्ने मात्र सोच बनाएको छु,’ सुआरेजले भने, ‘म जहाँ रहे पनि क्लबकै लागि उत्कृष्ट प्रदर्शन गर्ने हो ।’

बार्सिलोनामा रहँदा सुआरेजको १९८ गोल 
बार्सिलोनामा रहँदा सुआरेजले एक सय ९८ गोल गर्नुका साथै १३ उपाधि जितेका थिए । सन् २०१४ को विश्वकप फुटबल प्रतियोगितापछि बार्सिलोनाले सुआरेजलाई टोटनह्यामबाट भित्र्याएको थियो । ६ वर्षअघिको विश्वकपमा सुआरेजको छवि निकै नराम्रो थियो । एक खराब फुटबलरका रूपमा उनलाई हेरिन्थ्यो । 

तर, बार्सिलोनामा आबद्ध भएपछि सुआरेज छवि सुधार्न सफल भए । विशेषतः लियोनल मेसीको साथ पाउँदा उनको व्यवहारसमेत फरक भयो । ‘मेरो बानी परिवर्तन हुनमा बार्सिलोनाको धेरै योगदान छ,’ उनले भने, ‘अझ यसमा मेसीले पनि त्यत्तिकै सहयोग गरे ।’ सुआरेजले बार्सिलोनाका सबैभन्दा असल मित्र नै मेसी रहेको बताए । 
ड्रेसिङ रुममा मेसीले बाँडेको अनुभव जीवनभर काम लाग्ने उनको भनाइ छ । सुआरेज भन्छन्, ‘हामीले बार्सिलोनाको ड्रेसिङ रुममा लामो समय बितायौँ, जब डे«ेसिङ रुमको माहोल राम्रो हुन्छ, त्यसवेला क्लबको प्रदर्शनमा खराब आउँदैन, जब खराब बन्छ, नतिजा पनि राम्रो आउँदैन ।’ 

बार्सिलोनामा मेसीको करिअर राम्रो रहोस् भन्ने कामना सुआरेजले गरेका छन् । ‘मेसीको करिअर राम्रो होस् भन्ने कामना गर्छु, किनभने यहाँ जे पनि हुन सक्छ, मैले विश्वकै महान् खेलाडीसँगै खेल्न अवसर पाएँ । यो सधैँ मेरो दिमागमा रहने छ,’ मेसीको प्रसंशा गर्दै सुआरेजले भने, ‘तर, मेसीले बार्सिलोनामा स्थान बनाउन ठूलो लडाइँ लड्नुपर्छ ।’