मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o५:३८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कंगोमा अधिकृतबाट कुटिए सैनिक जवान, सेनाद्वारा छानबिन टोली गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o५:३८:oo

कंगोस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका नेपाली सेनाका एक सिपाहीमाथि तीनजना अधिकृतबाट भएको भनिएको कुटपिटबारे सेनाले छानबिन थालेको छ ।

कंगोस्थित नेपाली सेनाको ब्यारेकमा ८ असोजमा सेनाका सिपाही नवराज माझीलाई मरणासन्न हुने गरी कुटपिट भएको थियो । घटनामा संलग्न भएको भनिएका सहसेनानीत्रय सुवास हुमागाईँ, योगेन्द्र धिताल र इन्द्र थापामाथि छानबिन थालिएको हो ।

सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले भने, ‘कंगोमा तैनाथ गणको जवान लाइनमा सैनिक आचरण र मर्यादाविपरीत भएको घटनामा संलग्न सबै जवान र अधिकृतमाथि नियमानुसार ज्येष्ठ सेनानीको नेतृत्वमा छानबिन प्रक्रिया (कोर्टमार्सल सुरु गरिएको छ ।’ कंगोमा एउटा गण, एक इन्जिनियरिङ कम्पनी, १२ जना स्टाफ अफिसर र ११ जना सैनिक पर्यवेक्षक गरी सेनाका आठ सय ९८ जना कार्यरत छन् ।