१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १७:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपत्यकामा वैकल्पिक कब्रिस्थानको खोजी गर्न समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:३५:oo

मुस्लिम धर्मावलम्बीहरूका कुनै व्यक्तिको कोभिडबाट ज्यान गएमा मृत्यु संस्कार गर्न उपत्यकमा वैकल्पिक कब्रिस्थान (मुस्लिम धर्मावलम्बीको धर्मअनुसार मृत्युपछि शव व्यवस्थापन गरिने ठाउँ) को खोजी गरिने भएको छ । 

कोरोनाका कारण त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका एकजनाको स्वयम्भूमा रहेको एक मात्रै कब्रिस्थानमा शव गाड्न स्थानीयले अवरोध गरेपछि वैकल्पिक ठाउँको खोजी गरिने भएको हो । त्यसका लागि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । 

स्थानीय वडा कार्यालय र स्थानीयहरूले कोभिडबाट मृत्यु भएकाहरूलाई स्वयम्भूमा रहेको  कब्रिस्थानमा गाड्न नदिने बताएपछि चार दिनसम्म ती मृतकको अन्तिम संस्कार भएको थिएन । 

सामाजिक सदभाव नबिगार्न उपत्यकामा वैकल्पिक  कब्रिस्थानका लागि ठाउँ खोजिने अध्यक्ष अन्सारीले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, सुरक्षा निकाय र स्थानीय तहका प्रतिनिधि सम्मिलित बुधबारको छलफलले वैकल्पिक स्थान खोजी गर्न समिति गठन गरेको हो । 

छलफलका क्रममा भट्टेडाँडा, चम्पादेवी, फर्पिङ, शिवपुरी डाँडा र नागार्जुन डाँडाको अध्ययन गर्न सुझाब आएको उनले बताए । बस्तीभन्दा टाढा, स्थानीयलाई अफ्ठ्यारो नपर्ने र गाडी तथा एम्बुलेन्स सहजै जाने ठाउँको अध्ययन गरी कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) लाई सिफारिस गरिने उनले बताए । 

उपत्यकामा वैकल्पिक  कब्रिस्थानका लागि ठाउँ नभेटिए उपत्यकाबाहिरबाट उपचारका लागि काठमाडौं आएका, तर निधन भएकाहरूलाई सम्बन्धित जिल्लामा पठाउने व्यवस्था सरकारले गर्नुपर्ने उनले बताए ।

ad
ad