१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ १९ शुक्रबार १५:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओली भन्छन्– बाहिर हल्ला गरिएजस्तो अहिले मन्त्रिमण्डल पुनर्गठन हुँदैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ १९ शुक्रबार १५:४८:००

प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिर हल्ला भएजस्तो मन्त्रिमण्डल पुनर्गठन नहुने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकमा शुक्रबार ओलीले मन्त्रिमण्डल पुनर्गठन हुने हल्लामा सत्यता नभएको बताएका हुन् ।

सरकारलाई कमजोर बनाउने उद्देश्यबाट प्रेरित भएर यस्ता हल्ला चलाइएको भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका थिए ।

कानुन तथा संसदीय व्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फेले भनिन्, ‘प्रधानमन्त्रीज्यूले मन्त्रिमण्डल हेरफेर हुँदैन, ढुक्क भएर काम गर्नुस् भनेर निर्देशन दिनुभयो ।’

ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने आफ्नो योजना र सोच नभएको पनि बताएका थिए ।