मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ भदौ १८ बिहीबार
  • Saturday, 12 July, 2025
तिवारी यादव वीरगन्ज
२o७७ भदौ १८ बिहीबार १७:३९:oo
Read Time : < 1 मिनेट
प्रदेश

वीरगन्जमा २५ भदौसम्म निषेधाज्ञा थपियो, बजार आलोपालो गरी खुल्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ भदौ १८ बिहीबार १७:३९:oo

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकामा थप एक साता (२५ भदौ) सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि महानगरमा मात्र थप एक साता निषेधाज्ञा राख्ने निर्णय गरेको हो । 

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञा वीरगन्ज महानगरपालिका क्षेत्रभित्र मात्रै सीमित गर्ने निर्णय गरेको हो ।यस्तै १९ भदौदेखि वीरगन्ज उद्योग वाणिज्य संघको समन्वयमा वीरगन्ज बजार क्षेत्रका पसलहरू आइतबार, मंगलबार र बिहीबार बाटोको एकातर्फका र सोमबार, बुधबार, शुक्रबार बाटोको अर्कोतर्फका पसल बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म खोल्न र शनिबार बन्द गर्न भनिएको छ ।

तरकारी तथा फलफूल बिक्री–वितरणको लागि १९ भदौबाट नै प्रत्येक दिन रेल्वे रोडको तोकिएका स्थानमा बिहान ५ देखि ८ बजेसम्म र ११ बजेदेखि ४ बजेसम्म मात्रै निर्धारण गरिएको छ ।

पर्सामा लगातार कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीरगन्ज महानगरपालिकामा १० साउनदेखि निषेधाज्ञा जारी गरेको थियो । यसअघि स्थानीय प्रशासनले वीरगन्जमा १८ भदौसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको थियो ।