१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ भदौ १२ शुक्रबार ११:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं–रक्साेल रेलमार्गको अध्ययन अघि बढाउन भारत इच्छुक

Read Time : < 1 मिनेट
२०७७ भदौ १२ शुक्रबार ११:४०:००

काठमाडौं–रक्साेल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भए पनि कोभिड– १९ का कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ । 

रेल विभागले उनीहरूलाई नेपाल आउन अनुमतिका लागि गृह मन्त्रालयलाई भनेको छ । 

दुई वर्ष पहिले नेपालमा सम्पन्न भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा सो रेलमार्ग निर्माणको सम्झौता भएको थियो ।

भारत सरकारले आफ्नै लगानी र प्रविधिको प्रयोग गरेर सो रेलमार्गको अध्ययन गर्ने सहमति भएको थियो । नेपाल र भारतीय पक्षबीच भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थिति थियो ।

भारत सरकारकै आर्थिक र प्राविधिक सहयोगमा सीमा क्षेत्रमा पाँच स्थानमा रेल निर्माणको समझदारी भएको थियो । सस्झौतानुसार जयनगर–कुर्था र विराटनगर–जोगबनी दुई स्थानमा निर्माण अघि बढिसकेको छ । सीमा क्षेत्रमा निर्माण गर्ने भनिएका अरू तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगन्जरोड–नेपालगन्ज रहेका छन् । रासस