१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ १० बुधबार ०६:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शनिबार नेकपाको सचिवालय बैठक : कार्यदल प्रतिवेदनमाथि छलफल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ १० बुधबार ०६:०९:००

विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न नेकपाले १३ भदौमा सचिवालय बैठक बोलाएको छ । दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको दुई घन्टा लामो छलफलपछि पार्टी सचिवालय बैठक बोलाउने निर्णय भएको हो । 

कार्यदलले शनिबार प्रतिवेदन बुझाएपछि ओली र प्रचण्डबीचको पहिलो भेट हो । पार्टी महासचिव नेतृत्वको कार्यदलले आफ्नो प्रस्तावमा दुई अध्यक्षको अधिकार बाँडफाँड, मन्त्रिमण्डल हेरेफेर र महाधिवेशनलगायत विषयमा सहमतिको प्रस्ताव अगाडि सारेको छ । सोमबार ओली र प्रचण्डबीचको भेट अन्तिम समयमा स्थगित भएको थियो । 

यसअघि १ भदौमा सचिवालय बैठकले कार्यदलको प्रतिवेदन सचिवालयमा छलफल गर्ने निर्णय गरेपछि कार्यदल अनुमोदन भएको थियो । ३० साउनमा ओली र प्रचण्डले गठन गरेको कार्यदलप्रति सुरुमा सचिवालयका सदस्यहरू झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको असन्तुष्टि थियो । कार्यदल प्रतिवेदनमा दुई अध्यक्षको सहमतिपछि सचिवालयमा र सचिवालयमा छलफलपछि निर्णयका लागि स्थायी कमिटीमा लैजाने सहमति छ ।