१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रासस/एएफपी जेनेभा
२०७७ श्रावण २४ शनिबार १३:३०:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

विश्वभर एक करोड २५ लाखभन्दा बढी कोरोना संक्रमित निको भए 

Read Time : > 1 मिनेट
रासस/एएफपी जेनेभा
२०७७ श्रावण २४ शनिबार १३:३०:००

विश्वभर शनिबारसम्म एक करोड २५ लाख ५० हजार ६ सय ३१ जना कोरोना संक्रमित निको भएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार शनिबारसम्म विश्वभरी एक करोड ९५ लाख ४९ हजार नौ सय एक जना संक्रमित भएका छन् ।  

निकाे हुने घटाउँदा हाल विश्वभर सक्रिय संक्रमितको संख्या भने ६२ लाख ७५ हजार ८४ मात्र छ ।

संक्रमितमध्ये ६४ हजार नौ सय ९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरस संक्रमणको कारण विश्वभरी सात लाख २४ हजार एक सय ८६ जनाको  मृत्यु भएको पनि सो संगठनले जनाएको छ ।  

 डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५० लाख ९५ हजार ७४८ जनामा कोरोना संक्रमित छन् । याे प्रकोपका कारण अमेरिकामा एक लाख ६४ हजार एक सय चारजनाको मृत्यु भइसकेको छ ।

दक्षिण अमेरिकामा ४६ लाख २५ हजार चार सय ५४ जना संक्रमित छन् । यहाँ एक लाख ५६ हजार आठ सय तीनजनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५९ लाख ९६ हजार चार सय दुईजना संक्रमित छन् । यहाँ दुई लाख ३२ हजार १२४ जनाको मृत्यु भएको छ ।

युरोपमा ३० लाख १० हजार पाँच सय १० जना कोरोना संक्रमितमध्ये भएकोमा दुई लाख ५ हजार ६४५ को मृत्यु भएको छ ।

एसियामा ४८ लाख ६८ हजार सात सय ४६ जनामा कोरोना संक्रमण छ । यहाँ एक लाख ६ हजार सात सय ४२ जनाको मृत्यु भएको छ । 

अफ्रिकामा दश लाख २५ हजार चार सय ६४ जनामा संक्रमित भएका छन भने २२ हजार पाँच सय ५३ जनाको मृत्यु भएको छ ।  

ओसियानामा २२ हजार पाँच सय ७२ जना संक्रमित भएको र तीन सय चारजनाको मृत्यु भएको छ ।