१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २३ शुक्रबार १९:३९:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना संक्रमण निरन्तर बढीरहेकोमा राष्ट्रपति भण्डारीद्वारा चिन्ता व्यक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २३ शुक्रबार १९:३९:००

राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय कोरोना भाइरस संक्रमण निरन्तर बढीरहेकोमा चिन्ता व्यक्त गरेकी छिन् । शुक्रबार राष्ट्रपति भवनमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले हालसम्म गरेका कामका बारे जानकारी लिन क्रममा उनले चिन्ता व्यक्त गरेकी हुन् ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदमहरू र यसका लागि अपनाएका उपायहरू प्रभावकारी रहेको पनि कुरा उल्लेख गरिन । तथापि लकडाउनका कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्ने लगायत निजी क्षेत्रका उद्योग व्यवसायमा काम गर्ने श्रमिकहरूले रोजगारी गुमाउनु परेकोमा चिन्ता व्यक्त गरिन । राष्ट्रपति भण्डारीले कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड सबैबाट पालना गरिनुपर्नेमा जोड पनि दिइन ।