१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार २२:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

स्थानीय तहका उम्मेदवारले तिर्नुपर्ने जरिवाना राष्ट्रपतिबाट माफी मिनाहा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २२:१९:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगको निर्णयअनुसार जरिवानामा परेका स्थानीय तहका उम्मेदवारले जरिवाना मिनाहा गरेकी छन् । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष जरिबाना मिनाहाको सिफारिस गरेको थियो । 

नेपालको संविधानको धारा २७६  बमोजिम राष्ट्रपतिले जरिबानामा माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

गत ३० वैशाखमा स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई खर्च विवरण नबुझाएर जरिबानामा परेका जनप्रतिनिधिहरूले गत २२ माघमा गृह मन्त्रालयमार्फत राष्ट्रपतिलाई मिनाहाका लागि अनुरोधपत्र पठाएका थिए । 

निर्वाचन खर्चको विवरण नबुझाएको कारण आयोगले एक लाख २३ हजार ६ सय ५० जना उम्मेदवारलाई आर्थिक जरिवानाको कारबाही गरेको थियो ।

ad
ad