१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १० आइतबार २०:०६:००
Read Time : < 1 मिनेट
समाचार

राष्ट्रपतिले दिइन् प्रचण्डलाई बधाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १० आइतबार २०:०६:००

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त भएकोमा माओवादी अध्यक्ष प्रचण्डलाई बधाई दिएकी छिन् । 

प्रतिनिधिसभाका सात दल र तीन स्वतन्त्र सांसदको समर्थनमा राष्ट्रपतिबाट प्रचण्ड आज प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रचण्डलाई सम्बोधन गर्दै राष्ट्रपतिले जारी गरेको पत्रमा भनिएको छ, ‘नेपालको सविधानको धारा ७६ को उपधारा (२) बमोजिम तपाईंलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेको छु । प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाईसहित कार्यकालको सफलताको कामना गर्दछु ।’

प्रचण्ड एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी तथा स्वतन्त्र सांसदहरू प्रभु साह, किरणकुमार साह र डा. अमरेशकुमार सिंहको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । 


प्रचण्डले २६५ सदस्यीय प्रतिनिधिसभामा १६९ सांसदको समर्थन प्राप्त गरेका छन् । संविधानको धारा ७६ को उपधारा २ मा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन सक्ने व्यवस्था छ । संसदमा कुनै पनि दलले बहुमत प्राप्त नगरेका कारण राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा १ को सट्टा सीधै उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न एक साताअघि दलहरूलाई आह्वान गरेकी थिइन् ।