सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २९ सोमबार
  • Monday, 13 July, 2020
२०७७ असार २ मंगलबार ११:४३:००
मुख्य समाचार

कोरोना संक्रमित महिलाका लागि छुट्टै क्वारेन्टाइन बनाउन सांसदको माग  

२०७७ असार २ मंगलबार ११:४३:००

राष्ट्रिय सभा सांसदहरूले कोरोना संक्रमित महिलाका लागि छुट्टै क्वारेन्टाइन बनाउन माग गरेका  छन् । राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद दिलकुमारी थापा रावलले कैलालीको सहिद स्मृति विद्यालयको क्वारेन्टाइनमा भएको सामूहिक बलात्कारको घोर निन्दा गर्दै महिला संक्रमितका लागि छुट्टै क्वारेन्टाइन हुनुपर्ने बताइन् ।

‘कैलाली जिल्लामा सहिद स्मृति विद्यालयको क्वारेन्टाइनमा भएको सामूहिक बलात्कारको घोर निन्दा र भर्त्सना गर्दछु । दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दछु । महिला संक्रमितको संख्या कम भएकाले जिल्लागत रूपमा छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्न र महिला स्वास्थ्यकर्मी र महिला सुरक्षाकर्मीको व्यवस्था गर्न माग गर्दछु,’ उनले भनिन् । 

सांसद प्रकाश पन्थले क्वारेन्टाइनको अवस्था नाजुक भएको भन्दै दोषीलाई कडा सजायको माग गरे ।

‘क्वारेन्टाइनमा समेत बलात्कार भयो । दोषीलाई कारबाही खाेइ सरकार ? कैलाली जिल्लाको एक क्वारेन्टाइनमा भएको घटना अत्यन्तै निन्दनीय छ, यसप्रकारको अपराधमा सामेल जोसुकैलाई कडाभन्दा कडा सजायको गरियोस्,’ सांसद पन्थले भने, ‘मापदण्डविपरीतका क्वारेन्टाइनलाई व्यवस्थित गरियोस् । सामूहिक बलात्कार हुँदा पनि सरकार अब टुलुटुलु हेरेर बस्छ कि केही गर्छ ?’

सांसद महेशकुमार महराले सहिद स्मृति विद्यालयको क्वारेन्टाइनमा सामूहिक बलात्कारको घटनाको दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै महिलाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्न माग गरेका छन् । 

कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाको सहिद स्मृति विद्यालयको क्वारेन्टाइनमा रहेकी ३१ वर्षीया महिलाले स्वयंसेवककै रूपमा खटिएका तीनजनाले सामूहिक बलात्कार गरेको आरोप लगाएकी छिन् ।