१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ जेठ १४ बुधबार ११:१४:००
Read Time : < 1 मिनेट
समाचार

सुर्खेतमा भारतबाट फर्किएका युवकको मृत्यु, स्वाब परीक्षणकाे तयारी

Read Time : < 1 मिनेट
२०७७ जेठ १४ बुधबार ११:१४:००

भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मंगलबार राति मृत्यु भएको छ।

सुर्खेतको चिंगाड गाउँपालिका– ५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ जाने क्रममै बाटोमा मृत्यु भएको हो। 

राससका अनुसार मंगलबार नेपालगन्जबाट चिंगाड जाने बसमा चढेका ती युवालाई असजिलो भएपछि सुर्खेतको सुब्बाकुनाबाट एम्बुलेन्समार्फत प्रदेश अस्पताल पुऱ्याइएको थियो। 

अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले अस्पतालमा भर्ना हुनुअघि नै उनको मृत्यु भएको बताए। ‘राति साढे १२ बजेतिर खबर पाउनेबित्तिकै हामी जाँच गर्न गयौँ, उनको मृत्यु भइसकेको रहेछ,’ डा. पौडेलले भने।
 
अस्पतालका निर्देशक डा. डम्बर खड्काले मृतक युवकका साथै उनको साथमा एम्बुलेन्समा आएकाहरूको स्वाब संकलन गरी कोरोना परीक्षण गर्ने काम सुरु भएको बताए। 

‘दिउँसोसम्म रिपाेर्ट आउँछ,’ उनले भने। आफन्तका अनुसार ती युवामा बाथरोगसम्बन्धी समस्या थियो।