१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० माघ १५ सोमबार १६:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खुला छाडेको ग्यासगिजरका कारण निसास्सिएर हेटौँडामा एक युवकको मृत्यु

Read Time : < 1 मिनेट
२०८० माघ १५ सोमबार १६:४४:००

मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ९, लामसुरेमा बाथरुममा प्रयोग गरिएको ग्यासगिजरका कारण निसास्सिएर एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार सोमबार दिउँसो १२ बजेको समयमा शौचालयमा शौच गर्न छिरेका यादवप्रसाद काफ्लेका २५ वर्षीय छोरा युनेश काफ्लेको मृत्यु भएको हो।

बाथरुम छिरेका युनेश निकैबेरसम्म बाहिर ननिस्केपछि परिवारका सदस्यले बाहिरबाट बोलाएका थिए। बोलाउँदासमेत नबोलेपछि ढोका फोडी बेहोस अवस्थामा उद्धार गरिएको थियो। उनलाई तत्काल उपचारका लागि मकवानपुर सहकारी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शौचालय–बाथरुममा रहेको ग्यासगिजर खुल्लै भएकाले युनेश बेहोस भएको आफन्तले बताएका थिए।