१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ जेठ १२ सोमबार ११:५९:००
Read Time : < 1 मिनेट
समाचार

मुस्लिम समुदाय ईद उल फित्र पर्व मनाउँदै

Read Time : < 1 मिनेट
२०७७ जेठ १२ सोमबार ११:५९:००

इस्लाम धर्मावलम्बीहरूले आज ईद–उल–फित्र पर्व मनाउँदै छन्। ईद पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

अरबी पात्रो हिजरी सम्बतअनुसार दशौँ महिनाको पहिलो दिन अर्थात् रमजान महिना सकिएको दिन यो पर्व मनाइन्छ।

मुस्लिम समुदायले आज विशेष नमाज (प्रार्थना) गरी ईद–उल–फित्र मनाउने गर्छन्। अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि भोलिपल्ट ईद–उल–फित्र मनाउने गरिन्छ। ईदमा विशेष नमाज प्रार्थना गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिने प्रचलन छ।

ईदका दिन इस्लाम धर्मावलम्बी मस्जिद तथा ईदगाहमा भेला भई सामूहिक रूपमा नमाज प्रार्थना गर्ने परम्परा छ। तर, यस वर्ष भने कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि लकडाउन भएका मस्जिदहरूमा सामूहिक प्रार्थना भएको छैन।

एकै ठाउँमा भेला भएर प्रार्थना नगर्न मुस्लिम आयोगले सम्पूर्ण मुस्लिम समुदायलाई आग्रह गरेको छ। मस्जिदमा गई समूहमा नमाज आदा गर्न नपाएपछि घरमै परिवारका सदस्यबीच नमाज आदा गरेर ईद–उल–फित्र पर्व मनाइँदै छ। 

लकडाउनका कारण काठमाडौंमा रहेका दुई मस्जिद पनि सुनसान देखिएका छन्। मस्जिदमा रहेका धर्मगुरु र कर्मचारीले मात्र प्रार्थना गरेका छन्।