१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ ९ शुक्रबार १५:५२:००
Read Time : > 2 मिनेट
खेलकुद

रंगशालालाई क्वारेन्टाइन बनाउन नदिन एन्फाको आग्रह

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ ९ शुक्रबार १५:५२:००

दुई महिनाअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विज्ञप्ति मार्फत दरशथ रंगशाला क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने जनाएको थियो । यद्यपि रंगशाला क्वारेन्टाइनका रुपमा प्रयोग भइसकेको छैन । रंगशाला क्वारेन्टाइनमा परिणत हुँदा महिनौँ देखि मैदान हरियो बनाउनेका मिहिनेत खेर जाने छन् । मैदान अहिलेको रुपमा फेरि सुन्य लेभलबाट काम गर्नुपर्छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालाई यही चिन्ता लागेको छ । 

एन्फाले शुक्रबार आयोजना गरेको सहिद स्माकर ए डिभिजन लिगको प्रावधिक प्रतिवेदन ‘ह्यान्ड बुक’ सार्वजनिक कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले राखेपका सदस्यसचिव रमेश सिलवाल समक्ष रंगशालालाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न नदिन आग्रह गरेका छन् । ‘रंगशालामा छिर्दा खेरी मैले एउटा समाचार सुने, परिषद्ले रंगशालालाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न दिने,’ ए डिभिजन लिगको प्रावधिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले भने । 

अहिले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने काम भइरहेका कारण यसलाई अर्को प्रयोजनका लागि दिन नहुने उनको भनाई छ । ‘हामी यो रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयासमा छौँ, क्वारेन्टाइन बनाउन नदिनका लागि सदस्यसचिवज्युलाई आग्रह गछौँ,’ उनले भने, ‘मलाई आशा छ, हामीहरुको आग्रह सदस्यसचिवन्युले सुन्ने हुने छ ।’ क्वारेन्टाइन राखेको खण्डमा यहाँ उम्रिएका हरियो घाँस दश दिन भित्रै उप्किने एन्फा अध्यक्ष शेर्पाले दावी गरे । 

‘यदि रंगशालामा क्वारेन्टाइन राखियो भने दश दिन भित्रै घाँस विग्रने छ,’ उनले भने, ‘हामीले पु्नः मैदान बनाउन सुन्य लेभलबाटै काम गर्नुपर्छ ।’ एन्फा अध्यक्ष शेर्पाले रंगशालालाई क्वारेन्टाइन नबनाउन र यसको विकल्प आफूहरुले दिने बताए । रंगशालाको स्थानमा अन्य क्षेत्रमा क्वारेन्टाइन बनाउन आफूहरुले परिषदलाई सहयोग गर्ने उनले विश्वास दिलाए । 

‘रंगशालाको मैदानमा क्वारेन्टाइन नराखी अन्य स्थानमा राख्न अनुरोध छ, यसको विकल्पका रुपमा हामी तपाईहरुलाई सहयोग गर्न तत्पर छौँ,’ शेर्पाले भने । उनका अनुसार एन्फाले क्वारेन्टाइनका लागि कलेज तथा विद्यालयसँग सहकार्य गर्न छ । ‘हामी कलेज तथा स्कुलसँग क्वारेन्टाइनका लागि अनुरोध गछौँ,’ उनले भने, ‘यसको लागि भवन पनि हामी नै खोज्छौँ ।’ 

एन्फाले नेपालमा देखिएका संक्रमितहरुको उपचार्थका लागि रौतहटको महिला फुटबल एकेडेमी तथा बुटलको एन्फा टेक्लिकल सेन्टरलाई क्वारेन्टाइनका लागि उपलब्ध गराएको छ ।  स्मरण रहोस कि, ०७२ को भुकम्पले क्षतिगस्त भएको दशरथ रंशगाला गत मंसिरमा मात्र प्रयोगमा आएको थियो । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि रंगशालाको निर्माण कार्य पुरा भएको थियो ।

यसअघि रंगशालाको मर्मत कार्य पुरा नहुँदा र मैदान अवस्थाको अवस्था खराव रहँदा विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेपाल र कुवेतबीचको खेल स्थगित भएको थियो । तटस्थ भूमिका रुमा नेपालले भुटानको थिम्पुमा कुवेतविरुद्ध विश्वकप छनोटअन्तर्गत दोस्रो लेग खेलेको थियो । 

१३औँ सागको सफलतापूर्वक आयोजनापछि ३ फागुनसम्म रंगशालामा ए डिभिजन लिग चलेको थियो । जहाँ मच्छिन्द्र क्लबले पहिलोपटक लिग उपाधि जितेको थियो । लिगको अन्तिम खेलमा मच्छिन्द्रले त्रिभुवन आर्मीलाई १–० ले हराएर उपाधि जितेको थियो । ३ फागुन यता यहाँ कुनै पनि प्रयोगिता भएका छैनन् । तर लक डाउनकै समयमा एन्फाले मैदानका काम सुचारु नै राखेको छ । रंगशालाको मैदान अहिले अन्तर्राष्ट्रिय स्तरका रुपमा परिणत भएको छ । 

कोरोना भाइरस महमारीका रुपमा नफैलिएको भए यो रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि तयारी भइरहेको हुने थियो । नेपालले कतार विश्वकपका लागि छनोट प्रयतोगिताअन्तर्गत ताइवान, जोर्डन र अस्ट्रेलियासँग यही मैदानमा प्रतिस्पर्धा गर्नुपर्ने थियो । पूर्वनिधारित कार्यक्रम अनुसार नेपालले १३ चैतमा ताइवान र १८ चैतमा अस्ट्रेलियाविरुद्ध खेल्नु पर्ने थियो । रंगशालामै २२ जेठमा जोर्डनसँग रंगशालामै छनोट खेल तय भएको थियो । तर कोभिड १९ कारण यी तीन वटै छनोट खेल स्थगित भएका छन् ।