१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २ शुक्रबार १७:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

जमिन बाँझो राख्न नपाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २ शुक्रबार १७:३१:००

सरकारले जमिन बाँझो राख्न नपाउने गरी विशेष व्यवस्था कार्यन्वयनमा ल्याउने भएको छ । 

कृषि उत्पादनलाई जोड दिनका लागि सबै तहमा रहेका खाली जमिन प्रयोगमा ल्याउने र कृषिमार्फत रोजगारी सिर्जनामा जोड दिइनेछ । 

सार्वजनिक जग्गामा फलफूल तथा कृषिका कार्य अगाडि बढाइने योजना ल्याइएको छ भने निजी जग्गाको समेत अधिकतम प्रयोग गरिनेछ । 

त्यस्तैगरी एउटा उत्पादनलाई ठूलो क्षेत्रमा लगाउने र त्यसकाे बजारको व्यवस्थासमेत गर्न सहज हुने बताइन् । 

सरकारले बिउबिजन र कृषि अनुसन्धानमा जोड दिनेसमेत भएको छ । 

कृषिलाई आयमूलक र मर्यादित पेसबको रूपमा समेत विकास गरिने राष्ट्रपतिले संसदमा सम्बोधन गर्ने क्रममा उल्लेख गरेकी छिन् । 

उनले वैदेशिक रोजगारीबाट फर्किएका तथा महिला समूहलाई समेत कृषिमा जोडिने बताइन् । 

सरकारले वास्तविक कृषकलाई ऋण तथा अनुदान र बिउविजनको व्यवस्था गर्नेछ । 

अर्गानिक कृषि उत्पादनलाई जोड दिँदै अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरिने योजना सरकारले बनाएको छ ।