१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
केन्ट सेप्कोभिच
२०७६ चैत १८ मंगलबार ०८:३६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

किन जर्मनीमा कोभिड–१९ संक्रमितको मृत्युदर कम छ ?

Read Time : > 2 मिनेट
केन्ट सेप्कोभिच
२०७६ चैत १८ मंगलबार ०८:३६:००

देश/विदेश

कोरोना संक्रमणपछि पनि दक्षिण कोरिया र जर्मनीमा न्यून मृत्युदर देखिनु त्यहाँको व्यापक परीक्षणको परिणाम हो

पछिल्लो समय दक्षिण कोरिया, स्विट्जरल्यान्ड र जर्मनीमा कोभिड–१९ संक्रमितको मृत्युदर तुलनात्मक रूपमा कम देखिएको छ । दक्षिण कोरियाका संक्रमित कम उमेर समूहका थिए भने स्विट्जरल्यान्डको तथ्यांक आउँदै छ । तर, जर्मनीमा पाका र वृद्ध उमेरका संक्रमित पनि उल्लेख्य मात्रामा छन् । उस्तै उमेर समूहका संक्रमित भए पनि फ्रान्स, स्पेन र अमेरिकाको तुलनामा जर्मनीमा कोभिड–१९ संक्रमितको मृत्युदर एकदम न्यून अर्थात् ०.४ प्रतिशत मात्र छ । 

जर्मनहरू त्यस्तो के गर्दै छन् त ? स्थानीय विज्ञहरूले केही निचोड निकालेका छन् । सबैभन्दा मुख्य काम दक्षिण कोरियामा झैँ यिनले पनि व्यापक मात्रामा कोरोना संक्रमणको परीक्षण गरेका छन् । यसबाट यर्दा संक्रमितले छिटोभन्दा छिटो उपचार पाएका छन्, यन्यथा स्वस्थ व्यक्तिका रूपमा तिनलाई त्यत्तिकै छोडिन्थ्यो र मृत्युको जोखिम हुन सक्थ्यो । तर, जर्मन प्रशासक सजग छन् कि आउने साता गम्भीर बिरामीको चाप बढ्नेछ र सायद मृत्युदर पनि आकासिने छ । जर्मनीमा देखिएको सुरुको संक्रमण सुरुमै छुट्टी मनाउन र कोभिड–१९ को संक्रमण भएको क्षेत्रमा स्की खेल्न गएका वृद्धवृद्धामा भएको आशंका धेरैले गरेका थिए । तर, त्यसो हो भने त्यहाँ स्की खेल्न जाने अन्य उमेर समूहका पनि थ्रुपै थिए र उपचार नपाएर तिनको पनि मृत्यु भइसकेको हुने थियो । 

जर्मनीमा व्यापक मात्रामा कोरोना संक्रमणको परीक्षण भएकाले संक्रमितले छिटोभन्दा छिटो उपचार पाएका छन् र मृत्युको जोखिम पनि कम भएको छ 

त्यस्तै अन्य व्याख्या पनि छन् । खासमा सबै किसिमका संक्रमणमा मृत्युदरको असमानतालाई लिएर निम्न चार प्रारम्भिक प्रश्न उठाइन्छन् । (१) के यहाँ र त्यहाँको भाइरस फरक हो ? अहँ, अहिले अमेरिकामा जर्मनीभन्दा विशिष्ट किसिमको भाइरस फैलिएको कुनै तथ्य छैन । (२) के एक मुलुकले भन्दा अर्कोले तत्काल उपचार सुरु गरेको हो ? हो, दक्षिण कोरिया र जर्मनीले सुरुकै चरणमा संक्रमित पहिचान गरेर देख्दा उपचारै गर्नु नपर्ने जस्ता लाग्नेको पनि उपचार गरेका थिए । र, यो न्यून मृत्युदर त्यहाँको व्यापक परीक्षणको परिणाम हो । (३) के एकअर्का मुलुकका संक्रमित बिरामी फरक किसिमका छन् ? हो, दक्षिण कोरियाका संक्रमित प्रायः युवा थिए भने इटालीका वृद्ध । त्यस्तै अमेरिका र चीनका संक्रमितबीच पनि उमेर, लिंग र धूमपान गर्ने–नगर्नेजस्ता आधारभूत भिन्नता पाइएको छ । (४) के स्वास्थ्य सेवा प्रणालीले पनि मृत्युदरमा फरक पारेको छ ? कसको कस्तो स्वास्थ्य सेवा प्रणाली छ, ठोकुवा गर्न गाह्रो हुन्छ । तर, यसले निश्चय नै देश–देशको मृत्युदरलाई फरक पारेको हुन्छ । 

स्वास्थ्य सेवा प्रणाली मापन अथवा अस्पताल र स्वास्थ्य सेवाको स्तर मापन त्यहाँका कर्मचारी संख्या, तिनको शैक्षिक योग्यता, विशेषज्ञको संख्या, आइसियुलगायत बिरामी शय्याको क्षमताजस्ता पक्षले निर्धारण गर्छन् । विश्व बैंकले भने चिकित्सक, नर्स र अस्पताल शय्याका आधारमा यसको स्तर मूल्यांकन गर्ने गर्छ । यसका लागि प्रतिएकहजार जनसंख्यामा चिकित्सक, नर्स र शय्याको क्षमता कति छ भन्ने हेरिन्छ । त्यस्तै अन्यले भने स्तर मापनका लागि नागरिकको औसत आयु र राज्यको प्रतिव्यक्ति स्वास्थ्यमा गर्ने लगानीलाई पनि आधार मान्ने गर्छन् । तर, यी सबै मापदण्ड कोभिड–१९ प्रभावित पश्चिमी युरोपेली मुलुकमा लगभग उस्तै देखिन्छ । 

सरदर आयु भने इटली, स्पेन र फ्रान्समा जर्मनीको भन्दा दुई वर्ष अधिक छ । प्रतिव्यक्ति चिकित्सक र अस्पताल शय्या पनि यी चारै मुलुकको उस्तै छ । तर, प्रतिएकहजार जनसंख्यामा नर्सको संख्या भने जर्मनी र अन्यमा निकै नै फरक छ । कोभिड–१९ संक्रमित मुलुकमा प्रतिहजार जनसंख्यामा जोसँग धेरै नर्स छन्, त्यहाँको कोरोना मृत्युदर न्यून छ । जर्मनीमा प्रतिहजार जनसंख्यामा १३.२ नर्स छन् । यो भनेको अन्यको तुलनामा अधिक हो । महामारीमा यो पनि अध्ययनको अर्को पाटो हुन सक्छ । नर्सको संख्या अत्यधिक हुँदा आइसियुका लागि पर्याप्त जनशक्ति पुग्छ । बिरामी व्यवस्थापन र उपचार सहज हुन्छ । यसले गर्दा सीधै संक्रमितको मृत्युदरमा कमी आउँछ । 

जे–जसरी भए पनि कोभिड–१९ ले अहिले विश्वभरको स्वास्थ्य सेवाका कमजोरी उजागर गर्दै छ । यो महामारी सकिएपछि विश्वकै ठूलो जनमानसलाई सुरक्षित बनाउन सबैलाई विशिष्ट स्वास्थ्य सेवा संयन्त्र बनाउनुपर्ने जनादेश यो विषम परिस्थितिले दिएको छ । 

(सेप्कोभिच सिएनएनका स्वास्थ्य विश्लेषक हुन्)
सिएनएनबाट