१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १६:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पोखरामा कोभिड– १९ विरुद्धको खोप लगाउनेको भिड बढ्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:१o:oo

पोखरामा कोभिड– १९ विरुद्धको खोप लगाउनेहरूको भिड बढेको छ । 

सरकारले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड– १९ विरुद्धको खोप लगाउनेको भिड बढेको हो । पोखरामा विभिन्न केन्द्रहरूमार्फत खोप अभियान सञ्चालन भइरहेको छ । पोखरा महानगरपालिका– ५ स्थित खोप केन्द्रका प्रमुख आशिष सुवेदीले खोप लगाउनेहरूको भिड दैनिक एक  हजार पाँच सयभन्दा बढी रहेको बताए । हालसम्म कुनै पनि खोप नलगाएकाहरूलाई जोन्सन एन्ड जोन्सन खोप दिइएको तथा पहिलो डोज लगाइसकेकाहरूलाई कोभिसिल्ड वा भेरोसेल कुन खोप लगाएको हो सो खोपको दोस्रो मात्रा दिइएको उनले बताए । खोप केन्द्रमा पुरुषभन्दा महिला बढी संख्यामा खोप लगाउन आएका पनि उनले बताए । 


पहिले खोप लगाउन आग्रह गर्दा पनि अस्वीकार गर्नेहरू अहिले खोप लगाउन आउने गरेको उनको भनाइ छ । जनस्वास्थ्यको मापदण्ड तथा भौतिक दूरीसमेत कायम गर्न नसकिने गरी खोप लगाउनेको भिड बढेको उनले बताए । 

ad
ad