१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २८ बुधबार ०६:३९:००
Read Time : < 1 मिनेट
अर्थ

निगमद्वारा कतार उडान स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २८ बुधबार ०६:३९:००

नेपाल वायुसेवा निगमले कतारको दोहामा गर्दै आएको नियमित उडान स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न विभिन्न १४ मुलुकका नागरिकलाई कतारमा प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएपछि निगमले पनि उडान स्थगित गरेको हो । 

‘ती १४ देशमध्ये नेपाल पनि एक भएकाले नेपाली पनि हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नुपरेको छ,’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

२६ फागुन र त्यसभन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुहरूलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ । टिकटको उडानको मिति २ पटकसम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको छ । निगमले हाल दोहाका लागि सातामा सातैदिन उडान गर्दै आएको थियो ।